Latest News

Showing posts with label Story. Show all posts
Showing posts with label Story. Show all posts

" Paraasta Prem " Story

"Shrutisambeg" is a No.1 popular Audio Nepali Novel & Story Program on radio programs, which Hosted From UNN ( Ujyalo Nintey Network ) With RJ. Achyut Ghimire .
This story (Paraasta Prem ) Written by Mani Lohani  .

Program         - ShrutiSambeg (Story)
Handled by     - Achyut Ghimire , Dinesh niraulaa
Hosted from   - Ujyalo 90 Netwrk
Story               -  Parasta Prem


Now Listen & download "Shritisambeg (Story)" Program on Online . 
Shrutisambeg ( Story) -


If you didn't get how to download then please watch this tutorial


Please like our facebook page and keep Visiting Our Blog .

सुबि आर यु स्टिल भर्जिन ?

बिनिता दाहाल 
'सुबि आर यु स्टिल भर्जिन ?’ डेढ दशकपछिको भेटमा औपचारिकताका केही शब्दपछि उसले सिधै मलाई यस्तो प्रश्न गर्‍यो ।

 केही बेर अघिसम्म उसकै आँखामा आफ्नो आँखाको लय मिलाइरहेकी थिएँ म । सानो छँदा आँखा जुधाएर आफ्नोपन कहाँ महसुस हुन्थ्यो र ? भित्रभित्र सोच्दै थिएँ, उसको आँखामा हेर्दा मैले महसुस गरेको सानो छँदाको न्यानोपन उसले पनि त्यसैगरी महसुस गरोस् ।


 तर एक्कासी मेरो कुमारित्वको प्रश्नले त्यो लय बिथोलिदियो । उसका आँखाबाट आफूलाई छलेर आँखा अन्तै कतै दौडाएँ । म के सोचेर उसलाई हेरिरहेको थिएँ, उसले के सोचिरहेको रहेछ !

 मनभित्रैदेखि कतैबाट उकुसमुकुस भएर तातो बाफ नाक, कान, घाँटी हुँदै हावामा कतै विलीन भयो ।
                                                                 
                                                                   ...


सुदूर अतीतमा जब हामी स्कुले केटाकेटी थियौं, ऊ मलाई आफू केटा र म केटी भएकोमा गिज्याउँथ्यो । ऊ पढाइमा असाध्यै राम्रो, म औसत । मीनपचासको बिदा र गर्मी बिदा गरी वर्षको दुईपटक हाम्रो भेट हुन्थ्यो । ऊ आफ्नो मामाघर आउँदा, म मेरो फुपूको घर जाँदा । मेरो फूपूलाई उसले मामाघरको हजुरआमा भन्नुपथ्र्यो । मेरो फूपूको घरसँगै उसको साख्खे मामाघर जोडिएको थियो ।

 कहिलेकाहिँ आक्कलझुक्कल ऊ भान्दाइसँग मेरो घर आउँथ्यो । वर्षको एक महिना हामी सँगै खेल्न पाउँथ्यौं । उसको मामाघरको आकर्षण कान्लामुनिको पधेँरो थियो । मेरो चाहिँ ऊ । ...


                                                         .....


 फूपूले एकपटक उसलाई ढलोटको कचौरामा दुधचिउरा दिँदै भन्नुभयो, ‘छोरा मान्छे जातैले ढलोटको कचौरामा खान पाउँछन् । छोरी भएपछि सोमतिलो बस्नुपर्छ । छोरासरह खोज्दैमा पाइन्न ।’

 फूपूले एकछिनपछि मलाई सिलबरको कचौरामा दुधचिउरा दिनुभयो । फूपूबाटै थाहा पायौं हामीले– ‘चरेसको थालमा भात र ढलोटको कचौरामा तरकारी बिहे गरेपछि मात्रै पाउँछन् छोरीले ।’

 उहाँ आफैँ पनि फूपाजुले खाएर उठेपछि तरकारीको झोलले पहेँलिएको दुधिलो थालमा भात खानुहुन्थ्यो । मलाई अहिले सम्झँदा दिगमिग लाग्छ ।

 फूपूको घरमा हामी हाराहारीका अरु पनि थुप्रै भुराहरू थिए । पहिलापहिला म जाँदा उनीहरू सबै हक्र्याङ बनाएर गुच्चा खेल्थे । मानव सानो काँटीको थियो । छोटा हातले खोपी खेल्दा उसले गुच्चामा जितेको मैले कहिल्यै देखिनँ । हारेपछि गोलिगाँठोमा भली हान्ने चलन थियो । एकपटक गाउँकै गोथेले मानवलाई भली हान्दा उसको पिँडुल्लासम्मै सुन्निएको थियो ।

त्यसपछि उसले कहिल्यै गुच्चा खेलेन । सधैँ पधेँरोमै जान रुचाउँथ्यो । म उसकै पछि लाग्थेँ । पधेँरोमा सर्प आउला भनेर मलाई डर लाग्थ्यो । ऊ मलाई पधेँरामा सर्प रे’छ भनेर तर्साइरहन्थ्यो । धेरै पछि थाहा पाएँ, जाडो महिनामा सर्पहरु जमिनमा देखा पर्दैनन् रे ।

 हामी पधेँरोमा कालिमाटीको खेलौना बनाएर भात पकाई खेल्थ्यौं । ऊ सधैँ छेस्को छिराएर चारपांग्रे जिप बनाउँथ्यो । म घुम्टो ओढेकी दुलही । पानी भर्न आउँदा माइजु हामीलाई जिस्काएर उसको र मेरो बिहे गरिदिने कुरा गर्नुहुन्थ्यो । म लजाएर भुतुक्क हुन्थेँ ।

 अनुहार छोप्न घाँघरको फेरो अनुहारमा पुर्‍याउँथे । म नाँगिएको हेर्दा ऊ झन् रमाउँथ्यो । त्यत्तिबेला कट्टु लगाउने चलन थिएन ।

 त्यसपछि रोईकराई गरेर बरु बुट्टेवाल घाँघर लगाइन । बुवालाई भनेर कट्टु सधैँ लगाएँ । ठूलो भएपछि बिहे गर्ने, उसको जुठो थालमा मैले भात खानेजस्ता अनेकौं कल्पना गर्थेँ म । ऊचाहिँ उसले कालीमाटीले बनाएको जिपमा मलाई राखेर चिडियाखाना घुमाउन लैजाने सपना देखाउँथ्यो ।

                                                                ...

आज १६ वर्षपछि ऊसँग मेरो भेट भएको छ । उसैले भेट्न चाहेर । बीचमा मैले बेतारे दुनियाँमा धेरै चाहँदा पनि उसले वास्ता गरेन । ‘ट्रुली बिजी टुडे टु’ लेख्थ्यो सधैँ । तर मैले चित्त दुखाइनँ ।

 सानोमा जसरी पाखे भन्थ्यो, आज त्यही लवजमा उसले मेरो कुमारित्वको खिल्ली उडायो । यसपटक म निस्सासिएँ ।

 ‘मानव, तिमी विदेशिएर धेरै परिवर्तन भएछौ । कम्तीमा मैले तिमीबाट यस्तो प्रश्न सुन्न चाहेकी थिइनँ,’ असह्य भएर मैले हुर्किसकेको लक्का जवान मानवलाई आँखा जुधाएरै भने, ‘यति नबिर्स, पहिलोपटक मैले केटा र केटीको भेद थाहा पाएको तिमीलाई नै हेरेर हो ।’ ...

                                                .......

 पानीको दुख्ख भएका ठाउँबाट आएका हामी । पधेँरो हाम्रो फेबरेट थियो । नजिकैको बनबाट कलिला स्याउलाको मुन्टा भाँचेर हामी पधेँरो वरिपरिको कालीमाटीमा गाडेर सजाउँथ्यौं । ऊ भन्थ्यो, ‘त्यसलाई हाम्रो घर बनाउनुपर्छ ।’ खाने र सुत्ने समयबाहेक हामी त्यहीँ वरपर बिताउँथ्यौं । माघको अन्तिममा माथ्ला घरको प्याउटे मामाको गोठनजिकै डाँडाको थाप्लोमा कलिला गुँरास टिप्न जान्थ्यौं । ऊ रुखका हाँगा चढेर फूल झाथ्र्यो । म घाँघरको फेरोभरि बटुल्थेँ । त्यही लालीगुँरास सेउलाको बीचबीचमा घुसारेर पधेँरो सिगाथ्र्यौं । हजुरआमा आइपुगे ‘यिनीहरूका फुरफुर’ भन्नुहुन्थ्यो । हामी हजुरआमाको हातबाट कुँडोको भाँडा खोसेर सानो पाठीलाई पानी खुवाउन पल्लो पाखामा पुग्थ्यौं ।

 एकदिन फूपू पूजाका भाँडा, साबुन र खरानी लिएर पधेँरामा आउनु भयो । एकघन्टा लगाएर पूजाको थाली, घन्टी, अर्घ मस्काउनु हुन्थ्यो । ‘भगवान कति भाग्यमानी त्यति चम्किलो भाँडामा पञ्चामृत पाउने !’ म मनमनै भगवानको इष्र्या गर्थेँ ।

 मानव हजुरआमाको आँखा छलेर त्यही अर्घले पधेँराबाट पानी उभाएर खान्थ्यो । यसो गर्दा भगवान रिसाउने थाहा पाउँदापाउँदै पनि म मानवले अर्घमा जुठो हालेको फूपूलाई भन्दैन थिएँ ।


...

‘धुम्ली, तेरो स्कुल भोलिदेखि लाग्छ रे, म आज नुहाइदिन्छु,’ पातलिँदै गएको हातका छालाले पूजाको भाँडा खरानीले मस्काउँदै फूपूले भन्नुभयो, ‘लुगा फुकाल् । बेलुका भाइ तँलाई लिन आउँछ रे ।’

मानव त्यहीँ थियो । मलाई कट्टु फुकाल्नुपर्छ भनेर नुहाउन लाज लाग्यो । मैले निहुरेर फूपूसँगै भगवानको डाडु मस्काइरहेँ । म पनि नुहाउँछु भन्दै उसैले पहिला कट्टु खोल्यो । उसले मलाई हेर्दै भन्यो, ‘म सू गरेर उ त्यो सिस्नुको बोटमा पुर्‍याइदिउँ ? धुम्मा तैँले सक्छेस् ?’ फूपूले मलाई धुम्ली भनेको सुनेपछि उसले सधैँ मलाई ‘धुम्मा’ भनेर बोलाउँथ्यो ।

त्यति भनेर उसले जबर्जस्ती मेरो कट्टु खोलिदियो । केटा र केटीको फरक मैले त्यही बेला थाहा पाएँ । म घोप्टेमुन्टो लगाएर रोएँ । पधेँरो छेउछोउ सु गर्दा नाग लाग्छ भन्ने चलन थियो । फूपूको मुखबाट उसले पहिलोपटक गाली खायो । उसले एक छिनपछि निन्याउरो अनुहारमा कान समातेर मेरो अगाडि उभिँदै भन्यो, ‘अबदेखि कहिल्यै पनि त्यस्तो गर्दिनँ धुम्मा ।’ त्यसपछि उसले चिँढ्याउँदा म रुन्थेँ । चित्त ऊ दुखाउँथ्यो ।

...
समय एकैनास किन रहन्थ्यो ? हामी हुर्कँदै गएका थियौं । हामीबीचको भेद मैले स्पष्ट थाहा पाउन थालेको थिएँ । पहिला सधैँ मुमिन कार्टुन हेर्ने म हिन्दी फिल्म हेर्ने भएको थिएँ । त्यहीताका शनिबार दिउँसो २ बजे नेपाल टेलिभिजनमा हिन्दी फिल्म आउँथ्यो । म बिस्तारै दिदीको सिको गरेर फिल्म बुझ्न थालेको थिएँ । त्यहाँ नयाँनयाँ लुगामा हिरोहिरोइन मैले कल्पनै गर्न नसक्ने ठाउँमा नाचेको, गाएको देख्थेँ ।

म सोच्थेँ–हामी हिरोहिरोइनको उमेरमा पुग्दा मानवले मलाई त्यस्तै थरिथरिका लुगा किन्देला ? त्यस्तै नयाँ ठाउँ घुमाउला ? तर मलाई लाग्थ्यो, ऊ त्यो फिल्मको हिरोभन्दा राम्रो हुनेछ, हामी त्योभन्दा राम्रा ठाउँ घुमौँला भोलिपर्सि । मलाई जिपमा राखेर चिडियाखाना लैजाँदा म बाटाभरि मान्छेलाई हेर्नेछु । मानवको छेउमा बसेको हुन्छु म । सडकभरका मान्छेले हामीलाई नै हेर्नेछन् ।
म भविष्यमा मानवसँग यति नजिकिने  कल्पना गरिरहँदा हामी वर्तमानमा एकअर्कासँग टाढिँदै थियौं । अब उसको पनि ओठमाथि जुँगाको रेखी बस्न थालिसकेको थियो । मैले पनि ग्यालिन छाडेर पित्तलको गाग्रीमा पानी बोक्न थालिसकेको थिएँ । हुर्किसकेपछि पधेँरोमा दुईजना मात्रै गएर भात पकाई खेल्ने समय पनि फेरियो ।

फेरि मलाई खुबै लाज लाग्न थालेको थियो । झन् भान्जीदिदीले एक दिन त भनिन्, ‘भाइ भए पनि उसको व्रतबन्ध गरिसकेको छ । छोइएला । अब सधैँ बच्चा बनेर हुँदैन ।’

उमेरमा मभन्दा मानव ६ महिना कान्छो थियो । चाडबाडमा भेट्दा म आफैँ ऊबाट असजिलो मानेर टाढा हुन्थेँ । सायद उसले त्यसैलाई हाम्रो दुरीको कारण बनायो ।
भेटघाट नभए पनि म ऊबारे खोजिनिती गरिरहन्थेँ । केटाकेटीमै उसको गाउँबारे कसैले प्रसंग उठाए पनि मेरो कान चनाखा हुन्थे ।


...
७ कक्षामात्रै पास गरेको थियो । एकजना विदेशीले उसलाई धर्मपुत्र पाल्न क्यानडा लैजाने भए । धेरै छोराछोरी जन्माएका उसका बाबुआमाले ऊ र दुईटी बहिनीलाई परदेश पठाए ।

मैले मानवलाई एकपटक भेट्नसम्म पाइनँ ।

विदेशिएपछि उसले मलाई यस्तरी बिस्र्यो, लाग्थ्यो– हामी दुई अनजान हौं । भेट्ने मेलो पनि बनेन । म बुवासँग फूपूको घर जाँदा उसबारे केही कुरा सुन्न पाउँथे । ऊ विदेशिएपछि फूपूको घर जानुको एउटै ध्येय ऊबारे थाहा पाउनु हुन्थ्यो।

विदेश गएकै पछिल्लो वर्ष उसलाई तिनै विदेशीले नेपाल ल्याएका रहेछन् । थाहा पाएपछि मैले बुवालाई फूपूको घर जान ढिपी गरेँ । रुन्चे बन्दिएँ । भान्दाइलाई भनेर म उसलाई भेट्न उसकै घर पनि पुगेँ ।

कति सुकिलो, रुगरुगाउँदो भएछ ऊ । धेरै अंग्रेजी बोल्न जान्ने पनि । मैले पहिलोपटक ऊसँगै आएको विदेशीसँग हात मिलाएँ । उसले मलाई मैले कहिल्यै नदेखेको चकलेट दियो । मैले विगत सम्झिएँ, जब मानव चकलेट टोकेर दुई टुक्रा बनाउँथ्यो । मलाई मुखभित्रको टुक्रा दिन्थ्यो ।

त्यही दिन, साँझ नपर्दै हामी भान्दाइसँगै फूपूको घर फर्कियौं । बाटाभरी भान्दाइले ऊसँग विदेशमा कसरी पालेका छन् भनेर अनेकौं प्रश्न गर्नुभयो । मैले कान चनाखा बनाएर उसको जवाफ सुन्दै पिछा गरेँ ।

...
मलाई ऊसँगै पधेँरो जान मन थियो । ‘हिँड’ भन्न लाज लाग्यो । म सानो पित्तलको गाग्री बोकेर अघि लागेँ । उ पछिपछि आउला भनेको आएन । साँझ अध्याँरोमा पधेँरोबाट म घरको करेसामा आइपुगेको थिएँ । ऊ त्यहीँ उभिरहेको रहेछ । उसले मलाई विदेशमा खाना खाइरहँदा खिचेको उसको फोटो बत्तीको मधुरो प्रकाशमा देखायो ।

...
‘आइ मिन तिम्रो ब्वाइफ्रेन्ड छैन भने ‘लेट अस बी इन अफियर,’ उसले मेरो प्रश्नमा अलि अक्मकाएर जवाफ दियो, ‘आई स्टिल लभ यू धुम्मा ।’

खै मैले पाप सोचेको हो कि, यतिका वर्षपछि उसको प्रस्तावमा मैले पुरुषगन्ध पाएँ ।

उसले त्यो करेसाबारीमा दिएको फोटो मैले अझै सुरक्षित राखेको छु । उसले त्यसमा पछाडी ‘विथ ड्यू लभ मानुस्बी’ लेखेर दिएको थियो । पूरै वाक्य त मैले बुझिनँ तर उसले लेखेको ‘लभ’ शब्द पढेर मेरो आङ सिरिंग भएको थियो । सायद गाला पनि राता भएका थिए ।

सानोमा पधेँरो वरिपरिको कालीमाटीमा मानव र सुबी मिलाएर उ मानुस्बी लेख्थ्यो । आज उसले मलाई तिनै दिन सम्झाइरहेको छ । मलाई भित्रभित्रै कुतकुती लागेको थियो ।

त्यसपछि नेपाल आएको बेला पनि ऊ थाहा दिँदैनथ्यो । यतिका दुरीबीच पनि आँखा चिम्म गर्दा मेरो मानसपटलमा ऊ त्यही अबोध अनुहारमा झुल्किन्थ्यो । विदेशको भव्य महलमा ठूलो टेबलमा बसेर थरिथरि परिकार खाइरहेको मानवलाई बेलाबेला कल्पना गर्थेँ म ।

...
‘ऊ तेरो भाइ हो । उसको बारे धेरै नसोच,’ मैले एसएलसी दिएको वर्ष एक साँझ फूपूले भन्नुभयो । मेरो साह्रै चित्त दुख्यो । मानव मेरो भाइ हो वा अरु कोही मलाई थाहा थिएन । शारीरिक रूपमा परिपक्व भइसके पनि मानवलाई सम्झेर म मानसिक रूपमा बच्चै थिएँ ।

हालै ऊ क्यानडाको प्रतिष्ठित विश्वविद्यालयबाट एमबिए सकेर नेपाल आएको रहेछ । अब बिहे गरेर फर्कने । १० वर्ष विदेशमै पैसा कमाउने । त्यसपछि उताको अनुभवका आधारमा यतै राम्रो कम्पनी खोल्ने र एउटा उच्चकोटीको जीवन बाँच्ने । आफ्नो भविष्यका योजना एक सासमा बतायो ।

उसले भन्यो, ‘२५ काटेपछि यौवनको मज्जा भन्ने अब रहेन । अब व्यवहारिक बन्नुपर्‍यो । जीवनबारे साँच्चै सोच्ने बेला आएको छ ।’

मैले उसलाई एकोहोरो सुनिरहेँ ।

उसले आफ्नोबारे मात्रै कति सुनाउनु भनेजसरी सोध्यो, ‘अनि तिम्रो के हुँदै छ ? पढाइ कहाँ पुग्यो ? भविष्यको योजना के छन् ? अब त बिहे पनि गर्नुपर्छ होइन ?’

उसले औपचारिकताको लागि सोधेजस्तो गर्‍यो, ‘अघिल्लो मंसिरमा पढाइमा असाध्यै राम्रो एकजना सरकारी जागिरेको कुरा आएको थियो रे बिहेका लागि ।’
मैले हेरिरहेँ । त्यो सफा निख्खर अनुहारमा कति धेरै स्वार्थ लुकेका । सानोको मेरो सिँगाने मानव कहाँ रह्यो र अब ऊ ?

ती सबैलाई उसले सुखसयलको वैभवले ढाकिसक्यो । निश्चल आँखा संसार जित्ने महत्वाकांक्षाले भरिइसके ।

...
उसले मेरो एकछिनको मौनतापछि फेरि भन्यो, ‘एक्लो छोरा भएको छोटो परिवारको घर रहेछ । घरका सबैले केटा चित्त बुझाउँदा पनि तिमीले केही वर्ष विवाह गर्दिन भन्यौ रे ।’

उसले घर आएर ममीसँग सबै बुझेछ । त्यसैलाई आधार मानेर उसले मेरो ब्वाइफ्रेन्ड भएको शंका गरेको हुनुपर्छ । भन्यो, ‘आखिर अफियरमा त को भइँदैन र ! हाम्रो व्यवहारलाई त घर गरी खाने केटी नै चाहिन्छ ।’

...
यतिका वर्षपछि भेटेको मानव आज मलाई मेरो कुमारीत्वमाथि कुनै संकोच नमानी प्रश्न गर्छ । हामी हुर्किएको परिवेशमा त यस्तो प्रश्न सोच्नै पनि कति वर्जित थियो, उसले बिर्सेछ ।

उसको आश्चर्यचकित प्रश्नसँगै उसले नभनेरै मैले बुझेँ, यदि मसँग यस्तो प्रश्न सोध्ने साहस राख्छ भने ऊ के कुमार होला र ! म रन्थनिएको थिएँ उसको प्रश्नले । मेरो अनुहार कसरी प्रतिविम्बित भएको थियो थाहा छैन, तर उसका आँखासामु असाध्यै अप्ठ्यारो परिस्थितिबाट गुज्रदैँ थिएँ म ।

‘तिमी यति पाप नसोच,’ मैले शून्य दिमागमै जवाफ दिएँ, ‘तिमी मेरो आफ्नै भाइ नभए पनि भाइजस्तै हौ ।’ मेरो प्रतिक्रियापछि सायद अब मौन हुने पालो उसको थियो ।

हो मानब, मेरो ब्वाइफ्रेन्ड छ । एउटा उपन्यासको पात्र जसलाई मैले केही वर्षदेखि आफ्नो पहिलो प्रेमी मान्दै आएको छु । कम्तीमा उसले मेरो चरित्रमा शंका गरेर यस्तो प्रश्न गर्दैन । ममाथि आफ्नो पुरुषगन्ध देखाउँदैन । मेरो कल्पनाअनुसार नै ऊ असल बनिदिन्छ । चाहेअनुसार नै मलाई स्पर्शविहीन प्रेम गर्छ । संसार बुझ्न कुची र रंग बोकेर पहाड डुल्छ । म उसैबाट रंगिन चाहन्छु ।

...
उसबारे मैले नसोचेको केही दिन भएर रहेछ, म आजकाल आफैँलाई फिक्का मान्दै थिएँ । आज उसको याद तिमीले गाढा बनाइदियौ ।

विपश्यनाको कुनै कठोर साधनामा लीन होला सायद । अन्तर्आत्माको यात्रामा आफैँलाई नियाल्दै । वा, धम्मश्र्रंगका वर्षेझार टिपेर साधनामा तृप्त साधकको सेवा गरिरहेको हो ।

सायद म मानवसँग बढी नै रिसाएको रहेछु ।

...
मलाई माफ गर मानव । तिमी धेरै सफल भएको देखेँ मैले । म असल केटाको काल्पनिक संसारमा हराएको छु ।

लेखिका :- बिनिता दाहाल


सेतोपाती बाट शभार गरिएको
Happy Bloging !! :)

Romeo and Juliet

Romeo and Juliet was written by Shakespare. Listen online audio Romeo and Juliet novel on Nepali Language on Shruti Sambeg.

Romeo and Juliet

Click Here to Download




Happy Bloging !! :)
Back To HOME

Liston for more Nepali Novel and translated novel Visit  Nepali Novel  And for English Novel Visit English Novel
Please like our facebook page and keep Visiting Our Blog .

The Love Story of Romeo and Juliet


Romeo and Juliet is an enduring tragic love story written by William Shakespeare about two young star-crossed lovers whose deaths ultimately unite their feuding families. Shakespeare borrowed his plot from an original Italian tale.  It is believed Romeo and Juliette were based on actual characters from Verona. 

The Montague and Capulet families are feuding.  The Prince of Verona intervenes and declares that any further fighting will be punishable by death.

When the Count of Paris approaches Lord Capulet about marrying his daughter, Juliet, he is wary of the request because she is only thirteen.  Capulet asks the Count of Paris to wait another two years and invites him to attend a ball.  Lady Capulet and Juliet's nurse urge Juliet to accept Paris' courtship.

In the Montague house, Benvolio talks with his cousin Romeo, Lord Montague's son, about Romeo's recent melancholy.  Benvolio discovers Romeo's unrequited infatuation for a girl named Rosaline, a niece of Lord Capulet's nieces.  Persuaded by Benvolio Romeo attends the ball at the Capulet house in hopes of meeting Rosaline.  But it is not Rosaline who sweeps him off his feet - it is the fair Juliette.


 
 

After the ball, Romeo sneaks into the Capulet courtyard and overhears Juliet on her balcony vowing her love to him in spite of her family's hatred for his family.  Romeo makes himself known to her and they agree to be married.

 
Juliet's Balcony in Verona

With the help of a friar, who hopes to reconcile the two families through their children's union, they are secretly married the next day.


Juliet's cousin Tybalt, incensed that Romeo had crashed the Capulet ball, challenges him to a duel.  Romeo, now considering Tybalt his kinsman, refuses to fight.  Romeo's friend, Mercutio is offended by Tybalt's insolence, as well as Romeo's "vile submission" and accepts the duel on Romeo's behalf.  Mercutio is fatally wounded when Romeo attempts to break up the fight.  Grief-stricken and wracked with guilt, Romeo confronts and slays Tybalt.

Montague argues that Romeo has justly fought and killed Tybalt for the murder of Mercutio.  The Prince exiles Romeo from Verona and declares that if Romeo returns, he will be executed.  

Romeo secretly spends the night in Juliet's chamber, where they make love for the first and last time, consummating their marriage.  In the morning, he prepares to leave and kisses her one last time. 

  
Lord Capulet, misinterpreting Juliet's grief, agrees to marry her to Count Paris and threatens to disown her when she refuses.  Juliette pleads for the marriage to be delayed, but her mother rejects her.

Juliet visits Friar Laurence for help, and he offers her a drug that will put her into a death-like coma for forty-two hours.  The Friar promises to send a messenger to inform Romeo of the plan, so that he can rejoin her when she awakens.  On the night before her wedding to the Count, Juliet takes the drug and, when discovered apparently dead, she is laid in the family crypt.

The messenger, however, failed to reach Romeo and, instead, he learned of Juliet's apparent demise from his servant.  Heartbroken, Romeo buys poison from an apothecary and goes to the Capulet crypt.  There, he encounters Count Paris who has come to mourn Juliet privately.

Believing Romeo to be a vandal, Paris confronts him and, in the ensuing battle, Romeo kills Paris.  Still believing Juliet to be dead, Romeo drinks the poison.

Juliet then awakens only to find her beloved Romeo dead.  Unwilling to live without him, she stabs herself with his dagger.

The feuding families and the Prince meet at the tomb to find all three dead.  The Friar recounts their story.  The families are reconciled by their children's deaths and agree to end their violent feud.


Source- http://www.historyandwomen.com
Happy Bloging !! :)
Back To HOME

Please like our facebook page and keep Visiting Our Blog .