Latest News

Showing posts with label News / Blog. Show all posts
Showing posts with label News / Blog. Show all posts

Traffic Jagaran Report by Image Khabar

काठमाडौं उपत्यकामा ट्राफिक नियमको उल्लंघन गर्ने प्रवृत्ति र त्यसका कारण हुने दुर्घटना रोक्न ट्राफिक प्रहरीले नयाँ तरिका अपनाउन थालेको छ । र पनि दुर्घटना घटेको छैन | आफ्नो जिम्मेवारी निभाउने पो हो कि?? दुर्घटना भएर चेतिनु भन्दा दुर्घटना हुने नदिनु बेस हैन र???
यो हेर्नुहोस एक रिपोर्ट भिडियो !!
Traffic Jagaran- Report of Image khabar

यस्ता छन् पुरस्कार विजेता फोटोहरु

फोटो अफ द इयर– आफ्नै पति र सासूद्वारा जलाइएकी बाँकेकी रिहाना शेखको यो फोटो विजय गजमेरले खिचेका हुन्। गजमेरले फोटो स्टोरीको पुरस्कारसमेत जिते।फोटो अफ द इयर– आफ्नै पति र सासूद्वारा जलाइएकी बाँकेकी रिहाना शेखको यो फोटो विजय गजमेरले खिचेका हुन्। गजमेरले फोटो स्टोरीको पुरस्कारसमेत जिते।
काठमाडौं– फोटो पत्रकार क्लबले वर्सेनि गर्ने फोटो प्रतियोगितामा यस वर्ष फोटो अफ द इयरको अवार्ड नागरिककर्मी विजय गजमेरले जितेका छन्।
विभिन्न सात विधामा प्रथम, द्वितीय र तृतीय गरी तीन तीन फोटोले पुरस्कार पाएका छन्। पुरस्कार जित्ने फोटोहरु यस्ता छन् –
नेपाल स्माइल
First Nepal Smiles
प्रथम भएको दीपेश श्रेष्ठको फोटो
Second Nepal Smiles
दोस्रो भएको विजय गजमेरको फोटो
Third Nepal Smiles
तेस्रो भएको भरत गुरुङको फोटो
डेली लाइफ
First Daily life
प्रथम भएको शैलेन्द्र खरेलको फोटो
Second Daily life
दोस्रो भएको नभेष चित्रकारको फोटो
Third Daily life
तेस्रो भएको गणेशबहादुर मगरको फोटो
न्युज स्टोरी
First News
प्रथम भएको किरण पाण्डेको फोटो
Second News
दोस्रो भएको विजय राईको फोटो
Third News
तेस्रो भएको नभेष चित्रकारको फोटो
नेचर एन्ड वाइल्ड लाइफ
First Nature--Wildlife
प्रथम भएको विकास द्वारेको फोटो
Second Nature--Wildlife
दोस्रो भएको सुरेशकुमार राईको फोटो
Third Nature--Wildlife
तेस्रो भएको सन्तोष मानन्धरको फोटो
कल्चर एन्ड टुरिजम
First-Culture--Tourism
प्रथम भएको निमेशजंग राईको फोटो
Second Culture--Tourism
दोस्रो भएको गोपेन राईको फोटो
Third Culture--Tourism
तेस्रो भएको छिमीदोर्जे लामाको फोटो
स्पोर्टस
First Sports
प्रथम भएको मनोज पौडेलको फोटो
Second Sports
स्पोर्टसमा दोस्रो भएको सञ्जिवकुमार मोक्तानको फोटो
Third Sports
स्पोर्टसमा तेस्रो भएको अंगद ढकालको फोटो

साभार : नागरिक News

४३ बर्ष पुरानो बिमान दुर्घटना, ३० साल मा अपहरण मा परेको बिमान यहिँ थियो

आज दिउसो तेस्तै १२ / १२.३०  बजे को थियो । बाटो मा हिड्दै मोबाईल मा फेसबुक चलाउदै थिए Newsfeed हेर्दै जादा " नेपाल बायु सेवा निगम" को बिमान सम्पर्क बिहिन ... भन्ने heading मा एउटा sharing समाचार देखें र पढ्न थाले तर सम्पूर्ण विवरण थिएन । घरमा  बेलका फर्कने बित्तिकै यसको बारे थपजानकारी पाउन इन्टरनेट  मा search गर्न थालें ।आज हराएको बिमान काठमाडौँ बाट पोखरा हुँदै जुम्ला को दुरी तय गरिरहेको बिमान पोखरा बाट जुम्ला उड्दै गर्दा सम्पर्क बिहिन भयो। जुन बिमान अर्घाखाँची को खिदिम मा दुर्घटना भएको आशंका  मा खोजि  थियो तर फेला परेको थिएन । जसमा एकबच्चा , एक बिदेशी नागरिक र तिन चालक दलका सदश्य सहित १८ जनाथिए।  हराएको जहाज ट्विनअटर 9N-ABB थियो।  searching  गर्दै गर्दा एउटा अचम्म को कुरा "ेपाल साप्ताहिक "(Online ) मा प्रकाशित लेख अनुसार ेपालि कांग्रेसले सशस्त्र संघर्षका  क्रम मा बिराटनगर बाट  उडदा  अपहरण  गरेको  बिमान उअहि थियो ।  २०३० साल जेठ २८ गते , अपहरण गर्ने योजना मा शुशिल कोइराला  पनि संलग्न थिए जो आज का प्रधानमन्त्रि छन्।
यहिहो पहरण मा परेको बिमान
यस भन्दा अघि यहिँ बिमान २०४९ साल असार २१ गते जुम्लामै सामान्य दुर्घटनामा परेको थियो। कस्तो संयोग त्यो दिन पनि आइतबारै थियो
त्यस्तै २०३० साल जेठ २८ गते नेपाली कांग्रेसले अपहरण गरेको विमान यही थियो। यस सम्बन्धमा श्रीदेव वैद्यको संस्मरण नेपाल म्यागेजिनमा छापिएको छ यी तल पढ्नुहोस -


 िमान अपहरण का सत्ताईस मिनेट           

   वि सं २०३० जेठ २८ गते बिहान सवा ७ बजे तत्कालीन शाही नेपाल वायुसेवा निगमको ९-एनएबीबी ट्वीनअटर विमान काठमाडौँबाट विराटनगरका लागि उड्यो । विमानमा आरके मानन्धर क्याप्टेन, म को-क्याप्टेन र जीबी राई सहयोगी थिए । एक घन्टाको उडानपछि सवा ८ बजे हामी विराटनगर पुग्यौँ । १५ मिनेटपछि काठमाडौँ उड्ने कार्यक्रम थियो ।

म ककपिटमै बसिरहेको थिएँ । दुई जना यात्रु जहाजमा चढे । एउटाले कालो ओभरकोट लगाएको थियो र हातमा पहेँलो कागजले बेरेको एक्सरे प्लेट बोकेको थियो । उनीहरू कहाँ बस्ने भनेर सल्लाह गर्दै थिए । मलाई लाग्यो, कस्ता रहेछन्, जहाँ बसे पनि त हुन्छ नि !

उनीहरू सरासर मेरो पछाडिको सिटमा आएर बसे । विराटनगरबाट काठमाडौँका लागि विमान उडेको करबि पाँच मिनेटपछि जहाज छ हजार फिटको उचाइमा थियो । काठमाडौँतिर मोडिएपछि विराटनगर स्टेसनलाई सम्पर्क गरेर 'गुड नाइट' भनेपछि पि|mक्वेन्सी अफ गरयिो अनि काठमाडौँका लागि सेट गरयिो । ठीक त्यहीबेला झर्‍याप्प दुई जना मानिस आए । म कन्ट्रोलमा थिएँ । एउटाले मलाई समायो र अर्काले कञ्चटमा रभिल्वर तेस्र्याउँदै भन्यो, "बुझ्नु भो, हाइज्याक भनेको यही हो ।" हत्तपत्त मेरो हात कञ्चटमा तेस्र्याएको रभिल्वरतिर गयो । "के मजाक गरेको यो ?" मैले वाक्य पूरा गर्न पनि पाएको थिइनँ उसले भन्यो, "मेरो मतलब बुझ्नु भएन ! हामी कांग्रेसका कार्यकर्ता हौँ । हाम्रो नाममा वारेन्ट छ । तिम्रो राजाले हामीलाई धेरै सतायो । काठमाडौँ जाने बित्तिकै समाउँछ । त्यसैले हामीलाई यतै कतै ओराली देऊ ।"

त्यसपछि मैले कन्ट्रोलको जिम्मा क्याप्टेनलाई दिएँ, 'लेभल आउट' गरेँ, ता कि विमान त्यसभन्दा माथि नजाओस् । उनीहरूले विमान भारततर्फ लैजान भने । नजिकै भारतको वीरपुर एयरपोर्ट पथ्र्याे । हामीले भन्यौँ, "तिमीहरूलाई ओर्लिनु नै छ भने वीरपुरमा ओरालिदिन्छौँ ।" उनीहरूले मानेनन् । आफ्ना साथीहरू फारवेसगन्जमा भएकाले त्यतै जान भने । "कसरी जाने त ?" हाम्रो प्रश्नमा दुर्गा सुवेदीले नक्सा कोरेको एउटा कागज दिए । विराटनगर, कोसी नदी ब्यारेज अनि फारवेसगन्ज । त्यस दिशातिर यति मिनेट अनि यतातिर यति मिनेट जहाज उडाउने भनेर पनि लेखिएको थियो । 'हुन्छ' भनेर कोसी नदी 'फलो' गरेर अघि बढ्यौँ ।

विमानले कोसी ब्यारेज नाघ्यो । त्यसपछि दुर्गा सुवेदीले भने, "पूर्वतिर लैजानूस् ।" मैले केही गरी अझै दक्षिणतिर लिएर गयौँ भने त यिनीहरू हराउँछन् र फेर िपनि झुक्याएर काठमाडौँै लैजान सकिन्छ कि भन्ने कोसिस गरँे । पूर्वतिर लैजाने निर्णय गर्दागर्दै विमान चार हजार फिट तल आइपुग्यो । आकाशमा बादल थियो । बादल छल्न विमान तलमाथि गर्नु पर्‍यो । हामी चार हजार फिटभन्दा पनि तल झर्‍यौँ । घरी यता जाऊ, घर िउता जाऊ भन्छन् उनीहरू । हुँदा हँुदा हामी त दुई हजार फिट तल पुगेछौँ । जति तल गयो, त्यति टाढाको दृश्य देखिँदैन । उनीहरू धकेलेर यता जाऊ, उता जाऊ भनेर एकदमै दबाब दिन थाले । अति भएपछि मैले भनेँ, "ठीक छ तिमीहरूलाई विश्वास छैन भने म सिट छोडिदिन्छु आएर बस ।" तर, उनीहरूको व्यवहार भने राम्रै थियो ।

नक्सा मागेर हेरेँ । फर्किने ठाउँको निहँु बनाएर उनीहरूले दिएको नक्सा कसै गरी शाही नेपाल वायुसेवा निगमलाई दिन सकिन्छ कि भन्ने लाग्यो । दुर्गाको प्लान राम्रो रहेछ । उनले भने, "तपाईं चक्कर लगाएर माथि चढ्नूस् ।" दुई हजार फिटमा रहेको जहाज चार हजार फिटमा चढेपछि उनले ऊ त्यही हो भनेर माथिबाट ठाउँ देखाइदिए । त्यसपछि त जानैपर्‍यो । हामीले खाल्डाखुल्डी हुनसक्ने तर्क गर्‍यौँ । तर, उनीहरूले त पहिले नै तयारी गरेका रहेछन् । चुना राखेर सेन्टर लाइन पनि बनाएका रहेछन् ।

ल्यान्ड गरेपछि छेउमै रहेको गाईको बथानको बीचबाट एउटा जिप निस्िकयो र सीधै हामीतिर आयो । जिपबाट 'रोक्नूस्' भनेर जोडको आवाज आयो । ब्रेक जाम गरेर रोक्नुपर्‍यो । त्यसपछि जिपको ड्राइभर देखियो । जहाँसम्म मलाई लाग्छ ऊ कोइराला परविारको कुनै सदस्य हुनुपर्छ । उसले टाउको पछिल्तिर लुकायो ।

विमान रोकिएपछि ढोका खोल्न लाग्दा मात्र हामीले चाल पायौँ, अपहरणकारी त तीन जना पो रहेछन् । त्यसअघि हामीलाई दुई जना मात्र हुन् भन्ने लागेको थियो । जिपमा पाँच-सात जना मानिस थिए । बन्दुक पनि बोकेका थिए उनीहरूले । जिपमा आएका मध्ये एक जना विनोद अर्याल थिए, जसको देब्रे हातमा रभिल्वर थियो । उनीहरूले 'काम सकिने बित्तिकै इसारा गर्छौं, विमान उडाउनू, नत्र जहाज पड्काइदिन्छौँ' भने । एकको हातमा ह्यान्ड गि्रनेड थियो, अर्काको हातमा पिन नभएको गि्रनेड । अनि, दुई जनाको हातमा रभिल्वर ।

अपहरण गर्नेहरू ओर्लिएपछि विनोद अर्याल जहाजमा चढे । अगाडिपट्ट िराखिएका दुई बाकस निकाले । एउटा बाकस पछाडि पनि रहेछ । ३० लाख भारतीय रुपियाँ रहेका तीन बाकस निकालेपछि विनोदले रभिल्वर घुमाउँदै हामीलाई जान भने । फारवीसगन्जबाट हामी सीधै विराटनगरतिर उड्यौँ । हामीले आफूहरू अपहरणमा परेको, राष्ट्र ब्यांकको ३० लाख रुपियाँ लुटिएको तर यात्रुसहित हामी सुरक्षित तरकिाले पुनः विराटनगरतर्फ जाँदै गरेको जानकारी गरायौँ । त्यसबेला शानेवानिको एउटा विमान पटना जाँदै रहेछ । क्याप्टेन डीआर प्रधान थिए । उनले 'सबैतिर खबर गरििदन्छु' भने । हामी विराटनगरमा अवतरण गर्‍यौँ । अपहरणको यो घटना पूरा हुन २७ मिनेट लागेको थियो ।

 को-को छन् आज हराएको विमानमा ?
१ मानव सेजुवाल (कांग्रेस जुम्लाका सभापति)
२ गौरी कठायत (पत्रकार)
३ टेकबहादुर महतरा
४ नन्दा महतरा
५ डी महतरा
६ वर्षा हमाल न्यौपाने
७ उमा तामाङ
८ डा. विकल्प पोखरेल
९ डिपी उपाध्याय
१० राजेन्द्रप्रसाद देवकोटा
११ दीपक श्रेष्ठ
१२ डि शाही
१३ आर चौलागाईं
१४ एम म्याथिसेन (डेनमार्क)
१५ नाम नखुलेका नाबालक :( 

चुप लागेर बसे माटो बिग्रिन्छ, भविष्य बिग्रिन्छ ।

धेरै दिन  पछि ब्लग मा केहि Share गरौँ  लग्यो आज फेसबुक  मा सधैं झैँ केहि केहि news  update  हेर्दै थिएँ
 झट्ट एउटा फेसबुक Page "CA election 2070 संबिधानसभा निर्वाचन ०७० नतिजा " मा गएर अडियो त्यहाँ बर्तमान खबर पत्र पत्रिका मा  चर्चामा रहेको " मोंसान्टो " (कृषि बिउबिजन)  को बारेमा टिप्पणी, आलोचना गरेको रैछ मलाइ धेरै चाख लाग्यो र याहाँ share  गर्न मन लाग्यो । कसको लेख हो थाहा पाउन सकिएन ।लौ share  गरेर सबैलाई जानकारी दिउँ ।

चुप लागेर बसे माटो बिग्रिन्छ, भविष्य बिग्रिन्छ । भोली खानका लागि अमेरिकी प्लेन पर्खेर बस्ने दिन नआओस् । चुप लागेर बस्न नहुने कारणहरु यस्ता छन्

१. छिमेकी भारतमा ३ लाख कृषकहरुले यही मोनसान्टो मकैको कारण आत्महत्या गर्न बाध्य भए ।, कारण : यो मकैको बिउलाई भिटामिन र मल अत्याधिक चाहिन्छ । खर्च गरेर रोप्यो, गफ दिए जति कुनै हालतमा फल्दैन । अर्को बर्ष पनि यही मकैको बिउ किनेरै लगाउँनै पर्छ । रिन बढ्दै जान्छ, प्रतिफल घट्दै जान्छ ।

२. नेपाली किसानको पैसा विदेशीको खल्तिमा पुग्छ ।, कारण : एकपटक सो बिउ प्रयोग गरेपछि उम्कनै नसक्ने सम्झौताको जालोमा पुग्छन् नेपाली किसानहरु । आफुले यसको बिउ राख्न पाइदैन । राखेमा हजारौ डलर क्षतिपूर्ति तिर्नु पर्छ । तपाईले अर्को बर्ष बिउ नकिने तपाईको घरमै आइपुग्छन् चेक गर्न । एक पटक मोन्सान्टोको बिउ प्रयोग गरेपछि लोकल जातको मकै सोही ठाउँमा रोपे घोगै लाग्दैन । यसका लागि अमेरिका, क्यानडा र भारत लगायत निकै अफ्रिकी मुलुकको उदाहरण हेरे पुग्छ ।

३. यो मकै खान अयोग्य हुन्छ ।, कारण : यो जनवारको दानाका लागि फलाइन्छ । मानिसले खाएमा क्यान्सर, बाँझोपन लगायतका १०० भन्दा बढी रोगको शिकार हुने अधिक सम्भावना हुन्छ ।

४. यो मोनसान्टो भन्ने मकैको बिउ युरोपमा पुरै प्रतिबन्धित हो । यो पृथ्वीको कुनै पनि स्थानका लागि उपयुक्त छैन ।, कारण : यसले स्थानिय जातको बालीलाई फल नलाग्ने बनाउँछ । तपाईको छिमेकीले यो रोपेको छ र तपाईको बारीमा स्थानिय जातको मकै छ भने यसको परागकणले तपाईको बारीको मकैलाई पनि आक्रमण गर्छ ।

५. भ्रममा नपरौं, मोनसान्टो मकैको बिउ हाइब्रिड हैन । जेनेटिकल्ली मोडिफाइड हो ।

६. जसले नेपालमा यो बिउ ल्याउँनको लागि हस्ताक्षर गर्दैछ त्यो मान्छेको रगत चुस्ने पिचास बराबर हो ।

फेरि भन्दैछु, चुप लागेर नबसौं । मोनसान्टो सहित सबै जेनेटिकल्ली मोडिफाइड बिउहरुलाई नेपालमा प्रतिबन्ध लगाउँ । भोली खानका लागि अमेरिकी प्लेन पर्खेर बस्ने दिन नआओस् ।

यो पोस्टलाई तपाई कपी पेस्ट गर्नुहोस् । सेयर गर्नुहोस् । सक्नुहुन्छ अझ सरल भाषामा सबैले बुझ्ने गरि परिमार्जित गर्नुहोस् । तर कृपया चुप लागेर पढेर नछोड्नुहोस् । माटोको सवाल हो, भविष्यको सवाल हो
Happy blogging  :)

HSEB results 2070 for Management face unexpected delays

With grade 12 results for science published a month ago, HSEB results 2070 for management, education, commerce and humanity results are facing some unexpected delays. This has led to a huge resentment and frustration among the students waiting for results.

With no concrete updates from HSEB on the matter, the dates for result publication still remain uncertain. But students can put this ample time they have into some good use. With a good number of emerging career options at the threshold, this free time can utilized a good deal to analyze them and choose the most promising one. A good number of students seem preferring technical faculties like Bachelors in Business Administration (BBA), Bachelors in Information Management (BIM) and Bachelors in Hotel Management (BHM). Students who are interesting in pursuing a career in BBA under Tribhuwan University will have to appear in the CMAT entrance examinations being conducted by university. CMAT stands for Common Management Admission Test, and students have to pass this test to pursue further management studies under Tribhuwan University affiliated colleges. The entrance examinations will be held on September 22. We wish all the best to every student appearing in the CMAT exam
But again, scoring good in the grade 12 results is equally important. So once the results are out, be sure to check out your results along with complete marksheet  From here :-



Happy Bloging !! :)
Back To HOME
Please like our facebook page and keep Visiting Our Blog .

मध्यरात मा भूकम्प (Earthquake in China)

मध्यरात हुन लगभग ३० minute बाँकि हुदा मेरो खाट बेस्कन हल्लियो । ए बाबै खाट हल्या के को हुनु नि पुरै नेपाल नै को हल्या रैछ तेसका बजे । फ्याट्ट मारी हाल्य भा' को जिम्मेवारी ।सबैलाई ज्यान कै ठुलो प्यार रैछ अन्डरवेर मात्रै लगाएर कुदेको नि देखियो हा हा हा :D  टोल टोल मात्रै हल्लिएको थिएन  Social media पनि गज्जब ले हल्लाएको थियो । जय होस् फेसबुक जे होस् केहि हुन पाको छैन फेसबुक स्तट्स चाही सबैको Update हुन्छ । 


"भूकम्प गयो भुकम्प , त्यहाँ गयो कि गएन "
"Earthquake still i'm alive"
"2012 movie harda hardai earthquake...
युएसजिएसले जनाए अनुसार नेपाल नजिको मित्र राष्ट्र चिन को स्वसासित क्षेत्र तिब्बतको पश्चिमी सिझाङमा आएको ५ रेक्टर सकेल को भुकम गएको रैछ । त्यो भन्दा नि डर लाग्दो कुरा त जुन स्थान मा भूकम्प गएको थियो त्यहाँ बाट ठिक ३ कि.मि को दुरी मा एक ठुलो हिमताल रहेको छ









Image-mysansar
आशा गरौ यो भू-कम्प ले त्यहाँ केहि क्षति नपुगेको होस् 
। यदि उक्त हिमताल केहि गरेर फुटे भने भोटे कोशी मा हिम्सुनामी आउछ । भोटेकोसी दायाँ बायाँ सखाप पर्न सक्छ । समाचार भने आएको छैन यसको बारे , यसको मतलब ठिकै होला 


जय भू-कम्प !!
Happy Bloging !! :)
Please like our facebook page and keep Visiting Our Blog .

काठमाडौँ को फोहोर बाट Loadsheding को समस्या समाधान

आज एक बिहानै कम्प्युटर खोलेर के रैछ त भनेर onlinekhabar खोले । समाचार पढ्दै जादा "
काठमाडौंको फोहोरबाट १६ मेघावाट बिजुली निकाल्ने दाबी" शिर्षक मा एउटा समाचार रैछ । यस्तो त सबै भन्दा राम्रो र सबै लाई फाईदा कै कुरा हो । यो सर्बोत्तम सोच निकाल्ने हाम्रा "बालाजी बायोमास ब्रिकेट इनर्जी कम्पनी प्रा.लि." का प्रोपाइटरमध्येका एक "राम कुँवर" हुन्
उनका अनुसार काठमान्डौ का जनताले दैनिक भोगिरहनु पर्ने Loadsheding  को समस्या उनले ६ महिना भित्र समाधान गर्ने त्यो पनि काठमाडौँ कै फोहोर बाट । आहा कति सुन्दर काठमाडौँ को फोहोर नुवाकोट मा फाल्दा त्यहाँ का बासिन्दा लाई नि असर नगर्ने र सरकार को टाउको दुखाई पनि कम । 
सुरुमा एउटा मेसिन राख्ने र त्यसबाट ३.५ मेगावाट अर्थात् ३५ सय किलोवाट विजुली उत्पादन हुने र त्यसपछि तीन-तीन महिनामा मेसिन थप्दै जाने कँवरको लक्ष छ । उहाँको निष्कर्ष काठमाडौं उपत्यकाको फोहोरबाट १६ मेगावाट विजुली निकाल्न सकिने भन्ने छ । “जनता लोडसेडिङको मारमा बस्नु परिरहेको छ, फोहोरको समस्या तीन-तीन महिनामा बल्झिरहन्छ । तर, हामी दीर्घकालीन समाधान गरेर देखाइदिन सक्छौँ ।”  
सरकारसँग कुँवरको अपेक्षा पनि उति ठूलो छैन- उत्पादित विजुली विद्युत प्राधिकरणको ट्रान्समिसन लाइनमा जोड्ने ग्रिड (सवस्टेशन) र कम्पनीको जग्गा भएको ठाउँमा पुग्न करिव डेढ करोडलागतको एउटा पुल बनाइदेऊ । त्यसका लागि अर्थमन्त्रीले बजेट भाषणमा ३० करोड बजेट छुट्इसकेको भए पनि निकासा नगरेको कुँवरको भनाइ छ । 
के गर्न खोजेका हुन् कुन्नि आखिर सरकारले ?? किन यस्तो काम मा ढिलाई भैरहेको छ राम्रो काम त कहाँ छिटो गर्थे त हाम्रा नेता झ्यु हरु ले ??? अलि अलि (%) त खल्ती मा हाल्न नापईन्जेल काम त बन्दै बन्दैन थाहा नभएको कुरा त पक्कै हैन 

Happy Bloging !! :)
Back To HOME
Please like our facebook page and keep Visiting Our Blog .

कसको तलब कति बढेछ ???

नया बजेटको  भाषण पछी हाम्रा देश का VIP हरु र सरकारी कर्माचारीहरुको मासिक तलब बढ्छ भनेर त सबै लाई थाहै हुन पर्छ ।

कर्मचारीको तलब १८ प्रतिशतले बढ्यो तर श्रमिकहरुको ज्याला एक पैसाले नि बढेन।

 अनि गत एक महिनामा खाद्यबस्तुको मूल्य १५ प्रतिशत र फलफूलको मूल्य ३५ प्रतिशतसम्म बढेछ।

कर्मचारीलाई त बढेको तलबले बांच्न गार्हो छ, एक पैसा पनि ज्यालादारी नबढ्ने श्रमिकहरुले झन के गर्ने?

लामो समय सचिब भैसकेका अर्थमन्त्रीलाई तलब बढाउनुको साथमा बजार भाउ नियन्त्रण गर्न कति जरुरी छ भन्ने थाहा हुनु पर्ने हो। तर त्यसो भएको देखिएन।

 अनि विचरा श्रमिकहरुका बारेमा त कसले सोचिदिने?
-Rabindra Mishra


लौ हेर्नुस क-कसको तलब कति कति भएछ त???


पढ्न असजिलो भए फोटो मा क्लिक गरेर ठुलो परेर पढ्नु होला |




Happy Bloging !! :)
Back To HOME
Please like our facebook page and keep Visiting Our Blog .

Cost of Wimax CPE in Nepal.

May 19, 2013: WiMAX- Latest Internet technology in Nepal, created hype in people for the Internet service to be ubiquitous and cheap but the need to have extra WiMAX device for the computer which is not that cheap, made people hesitant to buy the service. Some even claim that being a government owned company, Nepal Telecom services always lag good support, another reason for people restiveness. Though the service sale is taking its pace, there are some thing that people need to understand. For the price of the WiMAX device (CPE), NT has made an Introductory offer of 50 percent discount in the packages for 3 month subscription to make up for the high initial cost of the CPE/modem. Another thing is they have outsourced the device selling and support to a private firm which is responsible for selling, configuring the WiMAX CPE and support for different problems from Nepal Telecom Customer center opened in core parts of the city and being extended to other parts as well. Currently there are three different types of CPE- Outdoor CPE, Indoor CPE and USB dongle. NT tells its customer that Outdoor CPE can work in 15 km from the Wimax tower, whereas Indoor CPE and USB dongle works for just 5 km and 2 km distance from the WiMAX Base station. If you have already bought and used the WiMAX service, please feel free to write your feedback below in the comment box.


Wimax CPE Device Cost

      Device            Rate       13% VAT    Amount

USB Dongle                   454424/-            590.76/-                5135/-  
USB modem                  604247/-             585.53/-                 6828/- 
      Outdor CPE            16911.5/-             2198.5/-                19110/-  




Source  :- Nepali Telecom 
Happy Bloging !! :)
Back To HOME
Please like our facebook page and keep Visiting Our Blog .

SLC नतिजा असारको पहिलो हप्ता।

Exam भएको ९० दिन भित्र नतिजा निकाल्ने भनिएको जुगौं बित्त्दा पनि कहिले निस्किएन तर २०६९ साल को SLC परिक्षा को नतिजा भने समय अबधि भित्र नै निस्कासन हुने परिक्ष नियन्त्रण कार्यालय सानोठिमी ले जनाएका छन्। परिक्षा नियन्त्रण कार्यालय निरीक्षक खगराज बराल का अनुसार सम्पूर्ण उत्तर पुस्तिका को जांच भैसकेका छन् भने ६० ओटा पुस्तिका जांच केन्द्र मध्ये ४१ ओटा बाट प्राप्त भैसकेको र बाँकि १९ ओटा बाट आउन बाँकि रहेको जानकारी दिएका छन्। नतिजा असार को पहिलो हप्ता प्रकाशित हुनेछ।

आशा गरौँ चाडै नै नतिजा प्रकासित हुनेछ।
जय नेपाल शिक्षा प्रणाली 

Happy Bloging !! :)
Back To HOME
Please like our facebook page and keep Visiting Our Blog .

चढ्ने हैन त साझा बस

    नेपाली हरु को लागि खुसि को खबर । नेपाली क भनौ KTM बसी हरु भन्दा हुन्छ । लोकल बस मा कोच कोच र हावा समेत बाहिर भित्र हुन नपाउने गरि यात्रा गरिरहनु भएका सम्पूर्ण उपत्यका बसीहरु ले अब १६ वोटा हेर्दा पर्यटकीय बस जस्तो देखिने ५४ सिटे बस मा यात्रा गर्न पाउनु हुनेछ । उही एउटै भदा दर मा।  हेर्दा त राम्रै छ तर कति सम्म ब्यबस्थित छ त्यो चाही हेर्न बाँकि नै छ । जवाना भयो नचढेको त के भन्नु नाम पनि नसुनेको , एउटा हरिबंश जी गीत मा सुने थें " साझा बस " हो यहि साझा यातायात ले आउदो शनिबार उक्त बस काठमाडौँ र ललितपुर का केहि भाग मा बिहान ११ बजे देखि बेलुकी ९ बजे सम्म सेवा दिनेछन । :) 

हेर्दा त राम्रै छ तर कति सम्म ब्यबस्थित छ त्यो चाही हेर्न बाँकि नै छ । जवान भयो नचढेको त के भन्नु नाम पनि नसुनेको , एउटा हरिबंश जी गीत मा सुने थें " साझा बस " हो यहि साझा यातायात ले आउदो शनिबार देखि उक्त बस काठमाडौँ र ललितपुर का केहि भाग मा बिहान ११ बजे देखि बेलुकी ९ बजे सम्म सेवा दिनेछन । :)

लामो समयको तयारीपछि हामीले ३१ गते शनिवार उद्घाटन गर्ने भएका छौं,' साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले भने, 'बसहरु अहिले सबै हामीसँग आएका छन्।' उनका अनुसार बसको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका मुख्यसचिव लिलामणी पौडेलले गर्नेछन्। साझाले सुरुको दिन उद्घाटन पछि र वैशाख एक देखि उल्लेखित समयमै बस सञ्चालन हुने जनाएको छ।


साझा बस सेवा बन्द भएको झन्डै १२  बर्ष भयो र १२ बर्ष पछि पुनः संचालन मा आउदै छ आशा गरौँ long latiting सेवा प्रदान गर्नेछ साझा यातायात ले। साझाले आफ्नै लगानीमा प्रति बस ३३ लाख ३६ हजारमा लागत परेको बताएको छ। साझाका अनुसार सबै बसमा एउटा भित्र छिर्ने र एउटा बाहिर झर्ने ढोका छन्। साथै १५ यात्रु उभिएर यात्रा गर्न सक्ने व्यवस्था छ। दुबै ढोका चालकले नियन्त्रण गर्न सक्नेछन्। बिरगंज मा रहेको २२ रोपनि जग्गा बिक्रि गरि आएको रकम मध्ये ६ करोड चाही हालसालै का लागि उपत्यका मा १६ वोटा बस संचालन गर्ने भएको छ।  साझा लाई उत्तरोतर प्रगति को कामना का साथै एक सच्चा यात्री को परिचय दिन नबिर्सौं। म त शनिबार नै यो बस मा यात्रा गर्ने छु तपाई पनि गर्नुहोला कस्तो सेवा प्रदान गर्दै छ त हाम्रो साझा यातायात ले??
जय हो साझा यातायात 




Happy Bloging !! :)
Back To HOME
Please like our facebook page and keep Visiting Our Blog .

सम्पत्ति विवरण नबुझाउने ७ मन्त्रीसहित १२ हजार कर्मचारी कारबाही

काठमाडौं, १२ माघ । राष्ट्रिय सर्तकता केन्द्रले सम्पत्ति विवरण नबुझाउने सरकारी कर्मचारीलाई कारबाहीका लागि बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ । केन्द्रले सम्पत्ति विवरण नबुझाउने उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसहित ७ मन्त्री र अन्य विशिष्ट कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको हो ।

सम्पत्ति विवरण नबुझाएर कारबाहीमा पर्नेमा अर्थमन्त्री वर्षमान पुन, सञ्चारमन्त्री राजकिशोर यादव, पर्यटनमन्त्री पोस्टबहादुर बोगटी, शान्ति तथा पुनर्निर्माणमन्त्री टोपबहादुर रायमाझी, वनमन्त्री यदुवंश झा, वातावरणमन्त्री केशवमान शाक्य छन् । उनीहरूले यस आर्थिक वर्षमा सम्पत्ति विवरण नबुझाएकाले कारबाही गर्नका लागि अख्तियारलाई सिफारिस गरिएको केन्द्रका प्रमुख माधव रेग्मीले जानकारी गराए । ‘सम्पत्ति विवरण नबुझाउनेलाई कारबाहीका लागि आजै अख्तियारलाई नामावली पठाउँछौ,’ रेग्मीले पत्रकार सम्मेलनमा भने, ‘उनीहरूलाई ऐनअनुसार कारबाहीका लागि सिफारिस पनि गरेका छौँ ।’

केन्द्रले थप गरिएको असोज महिनाभित्र सम्पत्ति विवरण नबुझाउने सरकारी पद धारण गरेका व्यक्तिलाई कारबाहीका लागि सिफारिस गरेको हो । सम्पत्ति विवरण नबुझाएर कारबाहीमा पर्नेमा १२ हजार ४ सय २९ निजामती कर्मचारी रहेका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने प्रावधान छ । उक्त समयभित्र विवरण नबुझाउने व्यक्तिलाई सम्बन्धित अधिकारीले एक महिना थप म्याद दिन सक्छन् ।

सरकारी ओहदामा बसेका कुल ३ लाख ८४ हजार ६ सय ३ व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्नेमा यसपटक धेरैले बुझाएको केन्द्रका प्रमुख रेग्मीले जानकारी गराए । निजामती प्रथम श्रेणीमा ८ जनाले सम्पत्ति विवरण नबुझाउँदा कारबाहीमा पर्ने भएका छन् । कारबाहीमा पर्नेमा नवराज भण्डारी, नारायणप्रसाद श्रेष्ठ, हरि पौडेल, गोविन्द शर्मा, चण्डीप्रसाद दाहाल, मोहनबहादुर कार्की, तनुकलाल यादव र गणेश राई छन् । केन्द्रको कार्यसञ्चालन नियमावली २०६५ को नियम ९ र १० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण नबुझाएमा कारबाहीका लागि अख्तियारमा पठाउने व्यवस्था छ । सम्पत्ति विवरण नबुझाउनेलाई अख्तियारले ५ हजार जरिवाना र भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्नसक्ने केन्द्रका प्रमुख रेग्मीले जानकारी गराए ।

सम्पत्ति विवरण पेस नगर्नेमा बेइजिङका लागि नेपाली राजदूत डा.महेशकुमार मास्के, ब्रसेल्सका राजदूत राममणि पोखरेल, ढाका राजदूत हरिकुमार श्रेष्ठ रहेका छन् भने परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराज अधिकारी, उपकार्यकारी निर्देशक खुसनारायण श्रेष्ठ पनि छन् । केन्द्रका प्रवक्ता पौडेलले गत वर्ष १६ सरकारी कार्यालयले विवरण बुझाएकोमा अहिले २९ ले बुझाएको जानकारी गराए ।
- सौर्य दैनिक


Happy Bloging !! :)
Back To HOME
Please like our facebook page and keep Visiting Our Blog .

अब अण्डा खाने तरिकाले बताउने छ तपाइँ को Personality


egggके तपाईलाई थाहा छ की तपाईको अन्डा खाने तरिकाले तपाईको Personality तथा सेक्सप्रतिको रुचिबारे पत्ता लगाउन मद्दत गर्छ । एक सर्वेक्षणमा आएको नतिजा अनुसार तपाईको अण्डा खाने तरिकाले तपाईको स्वादको बारेमा मात्रै हैन तपाइको यौन इच्छाबारे पनि जानकारी दिन सक्छ । यति मात्रै हैन तपाईलाई कसैको पर्सनालिटी जान्नु छ भने पनि उसलाई अण्डा खुवाएर तपाई उसको पर्सनालिटी जान्न सक्नुहुन्छ ।


ब्रिटिश एग इन्डस्ट्री काउन्सिलको सर्भेक्षणका अनुसार आधा पाकेको (हाल्फ बोइल्ड) अण्डा व्यक्तिहरु अत्यधिक रुपमा बाहिर घुम्न रुचाउने, Upbeat Music सुन्न रुचाउने र खुशी हुन्छन । यस्तै गरि पुरै पाकेको(उमालेको) अण्डा खानेहरु भने Disorganised हुन्छन । यिनीहरु समुहमा रहन मन पराउदैनन । जो मानिसहरु फ्राइ गरेको अण्डा खान मन पराउछन, उनीहरुको सेक्समा रुची अत्यधिक हुन्छ अर्थात् उनीहरुमा यौन इच्छा तिब्र हुन्छ । यदि कोहि scrambled egg खान्छन, भने त्यस्ता मान्छे अरु मानिसहरुमा लगाव राख्छन । यस्तै अम्लेट खाने मानिसहरु भने संयमित र अनुशासित जिन्दगि जिउछ्न ।
१०१० जनामा गरिएको सर्भेक्षणमा आधा पाकेको अण्डा खाने मानिसहरुको दुइ बच्चा हुने जसमध्ये एक छोरा हुने सम्भावना रहेको पनि पाइयो । भने आधा पाकेको अण्डा खानेमा पुरुषभन्दा महिला बढी रहेको पाइयो । यस्तै गरि पुरै उमालिएको अन्डा खाने व्यक्तिमा भने लापरबाही र रिसाहा प्रबृत्ति रहेको पाइयो । फ्राइ गरेको अन्डा खाने गरेका मान्छेमा भने युवा जोश र जाँगर रहेको पाइयो । यस्ता मानिसहरु प्राय पुरुष रहेको पनि सर्भेक्षणमा पाइएको छ । यस सर्वेक्षणबाट अन्डा खाने तरिकाले मानिसको बनि व्यहोरा र खानदान नै पत्त लगाउन सकिने कुराको निचोड निकालिएको छ । तपाई पनि एकपटक प्रयास गरेर हेर्ने की ।

Source - Time pass mazza  
Happy Bloging !! :)
Back To HOME
Please like our facebook page and keep Visiting Our Blog .

New Loadsheding Shedule Effect from Mansir 23

जय हो नेपाली, नेपाली हुनु मा हामीलाई गर्ब छ, बिश्वो को  दोस्रो पानि मा धनिदेश नेपाल, Loadsheding को पनि धनि नै छम्। अनि क्या ईमान्दारी हामि नेपालि  जति बेर पनि अन्धेरा मा बस्न सक्छम के बस्ने बानि नै लागि सक्यो। जे भएनी ठिकै छ जस्तो छ तेस्तै ठिक भन्ने हामि नेपाली। हिजो सम्म दिन को 8 घण्टा भएको loadsheding आज बाट त 2 घण्टा थप भएर 10 घण्टा अरे। अरे यो त केहि हैन नेपाली दाजु  भाई दिदि बहिनि अझ दिन दिने गर्दै 16 घण्टा 18 घण्टा त हुन बाँकि नै छ। बिर्सनु भो 2068 साल 18 घण्टा loadsheding. दिन दिने परिबर्तन हुन्छ हाम्रो loadsheding तालिका अब अरु काम काज छाड्नुस लागम loadsheding तालिका बेच्न यहि Business राम्रो छ। रु 2 मा फोटो कपि भै हाल्छ हामि धनि नेपालीहरु छदै छम्  रु5 मा रु 10 मा नकिन्ने कोहि छैनम। कि कसो ?  मेरो business idea कस्तो लग्यो त ??
2068  मंगसिर 23  गते देखि को तालिका हेर्नुस। र Download पनि गर्न सक्नुहुन्छ।

Stormy Night
Download  



तपाइँ आफ्नो घर,  अफिस कुन चाही ग्रुप मा पर्छ थाहा पाउनु भएन भने यो लिंक मा Click गर्नु होस्।

Happy Blogging !!
Back To HOME
Please like our facebook page and keep Visiting Our Blog .

फेसबुक बाट पैसा कमाउनुहोस (Earn Money From Facebook)

इन्टरनेट मा केहि बेर आखा के लगाउदै थिए एउटा वेब साईट सानो संसार डट नेट  मा यस्तो लेख थियो  । कस्तो थियो त लेख सरासर तल पढ्नुहोस । यहो हो लेख हेर्नुस त।

के तपाई फेसबुक चलाउनुहुन्छ ? पक्कैपनि जेजतिले ईन्टरनेट चलाउनुहुन्छ, उहाँहरुले कम्तिमा फेसबुक एकाउन्ट त पक्कै बनाउनुभएको छ होला । तर के तपाईले आफ्नो त्यहि फेसबुक अकाउन्टबाट पैसा कमाउन सक्छु भन्नेबारेमा कहिल्यै सोच्नुभएको छ ??

हो, ईन्टरनेटमा घुम्दै जाँदा एउटा यस्तो वेबसाईट -    FanSlave    फेला पर्यो, जसबाट तपाईहामी जस्ता फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक अकाउन्टबाट सजिलै पैसा कमाउन सक्छौँ । गाह्रो काम केहि गर्नु पर्दैन , जब हामीले त्यहाँ दिईएका फेसबुक फ्यान पेजहरु लाईक गर्छौ , उनीहरुले हाम्रो अकाउन्टमा पैसा जम्मा गर्दिन्छन् । भएन त मज्जा ?? (((यतिकै मा तपाई पढ्न नाछाद्नुस यो के हो कस्तो हो तल सबै उल्लेख गरिएको छ ।)))

के हो त FanSlave ?

FanSlave   एउटा त्यस्तो साईट हो जसले दिईएका फेसबुक पेज Like र ट्विटर अकाउन्ट Follow गरेबापत आफ्ना प्रयोगकर्ताहरुलाई पैसा दिन्छ ।
पेज लाईक गर्नासाथ FanSlave मा हामीले Credit (क्रेडिट) पाउँछौ । २०० क्रेडिट बराबर एक युरो ( €1 = रु. ११० ) हुन्छ । एउटा पेज लाईक गरेबापत ४ देखि ८ सम्म क्रेडिट पाईन्छ र हरेक दिन ३० ओटासम्म फ्यान पेजहरु लाईक गर्न सकिन्छ । साईटमा रजिस्टर गर्ने बित्तिकै ५० क्रेडिट (0.25 EURO) बोनसस्वरुप पाईन्छ ।
जब तपाईको अकाउन्टमा १५ युरो पुग्छ, तब उक्त रकम Paypal वा Payza मार्फत आफूले प्राप्त गर्न सक्नुहुन्छ ।

कसरी कमाउने FanSlave बाट पैसा ?

१. रजिस्टर गर्नका लागि   यहाँ जानुहोस्   ( के के गर्नु पर्छ सबै मा बताउदै जानेछु ) र तलको जस्तो पेज खुलिसकेपछि fanslave वा Create An Account मा क्लिक गर्नुहोस् ।

1

२. अति सजिलो छ यसमा खाता खोल्न सजिलो सबै काम नराम्रा हुन्छन नठान्नुस है ।  अब दिईएका Informations हरु भरेर I Accept Create An Account मा क्लिक गरी Sign Up पुरा गर्नुहोस् ।

2

३. रजिस्ट्रेसन सफल भईसकेपछि आफ्नो अकाउन्टमा Log In गर्नुहोस् र त्यहाँ दिएअनुसार आफ्नो फेसबुक अकाउन्ट Connect गर्नुहोस् ।
3

४. "Your Account" मेनुमा क्लिक गर्नुहोस् र "Facebook Overview" छान्नुहोस् ।

५. त्यहाँ लाईक गर्नुपर्ने फ्यान पेजहरु देख्नुहुनेछ । जब तपाईले क्लिक गर्नुहुन्छ , तिनिहरु नयाँ ट्याबमा खुल्छन् । ति पेजहरु लाईक गर्नुहोस् र त्यसपछि पुनः अगाडीकै FanSlave को पेजमा रहेको "Update" बटनमा क्लिक गर्नुहोस् ।
4

(सर्ब प्रथम त्यहाँ दिईएका पेज हरु Click  गर्नुहोस अरुकेही नगर्नुस अनि त्यो पेज लाइ like ठोक्नुस पैला अनि फेरी fanslave.comको पेज  मा आउनुहोस। ध्यान दिनुहोस है  त्यहाँ देखाईएको  UPDATE बटन क्लिक नगरेसम्म पैसा तपाईको एकाउन्टमा जम्मा नहुने हुदाँ क्लिक गर्न नर्बिसनुहोलानि है। )

Affiliate Program

FanSlave   को Affiliate Program मार्फत तपाईले आफ्नो कमाई अझ बढाउन सक्नुहुन्छ । आफूले Refer गरेका साथीहरुको आम्दानीको १५% तपाईले कमिसन स्वरुप प्राप्त गर्नुहुन्छ । उदाहरणका लागि तपाईले रिफर गरेको एकजनाले १०० क्रेडिट बनाएमा तपाईले १५ क्रेडिट पाउनुहुन्छ । त्यसैले जति धेरै जनालाई रिफर गर्नुहुन्छ, तपाईको आम्दानी त्यती धेरै हुने सम्भावना हुन्छ । लौहेर्नुस डबल मज्जा।

अन्त्यमा,

घरी यो पेज , घरी त्यो पेज गर्दै व्यर्थैका पेजहरु लाईक गरीरहनुभन्दा दिईएका केहि पेजहरु लाईक गरेर अनलाईनबाट पैसा कमाउन पाउनु पक्कै पनि उपयोगि कुरा हो । फेसबुकका अन्य कामहरुबाट दिनको ५ मिनेट समय छुट्ट्याएर केहि आम्दानी गर्न तपाई पनि आजै सुरु गरिहाल्नुहोस् । ढुक्क हुनुहोस्, लाखौँ प्रयोगकर्ताहरुले उपयोग गर्दै आएको FanSlave शतप्रतिशत विश्वाशिलो साईट हो ।

यदि तपाई लाइ कैले मेरो a /c 15 यूरो होला जस्तो लग्यो र पैसा को वास्ता गर्नु भएन भने अर्को फैदा नि छ .... तपाइँ को कुनै पेज छ भने तपाई को पैसा बाट  Fan किन्न नि सक्नु हुन्छ। fan किन्ने भन्दा खेर तपाइँ को पेज सहरे गर्नु हो र लिके गर्न तपाइको खाता मा अरुको पजे like गर्न भनिए जस्तै तपाइँ जस्तै अरु मेम्बर लाइ तपाई को पेज पठाऊछ Fabslave.com   ले
केहि समस्या आईपरेमा तलको कमेन्ट बक्स प्रयोग गर्न सक्नुहुनेछ ।

हाम्रो नेपाली Media अनी social Networking हरु का चाला


 बिहान बिहान कम्प्युटर मा CNN Heros  पेज खोलेर हेरेको 2012 Hero Of The Year भनेर पुष्पा बस्नेत जी को फोटो देखें मन मा खुसि लाग्यो । अनि यसो मिडिया हरुको पेज खोलेर हेरेको मेन समाचार मा पुष्पा ले जितिन CNN Hero Of The Year भनेर छापेको देख्दा मलाई अचम्म लाग्यो । जुन मिडिया ले पुष्पा लाई जिताउन एउटा सानो छेउ मा भोट गरम है भनेर राखेन आज जिते पछी समाचार चाही किन लेख्नु पर्यो?? समाचार लेख्ने हक जादैन । कयौ साथीहरुले ले झन्डै दिन दिनै झैँ भोट गर्न आफ्नो फेसबुक मा status अनि share गरेका छन्  कयौ साना साना फेसबुक पेजहरुले पनि share गरेका छन् । भने ठुला ठुला फेसबुक पेजहरु नेपाल मा टन्नै छन् 50000 100000 Like भएका तर share गरौँ न भनेर Message गर्दा no Reply  न त share नै गरे कैले तर आज जितिसके पछी त फेसबुक वाल मा "नेपाली हुनु मा हामीलाई गर्ब छ 2010 मा अनुराधा कोईराला ले अनि आज 2012 पुष्पा बस्नेत ले CNN Hero जितिन " अरे । एकैछिन त गज़ब को हासो नि लग्यो अनि रिस पनि उठ्यो  ।

पुष्पा नेपाली कारागारमा वन्दी जीवन बिताइरहेका अभिभावकका छोराछोरीहरुलाई हेरचाह तथा स्याहार केन्द्र संचालन गर्दे आएकी छिन् । उनि विगत ८ वर्षदेखि यही कामलाई निरन्तरात दिदै आएकी छिन् । उत्कृष्ट 10 जना मध्ये 9 जना प्रतिस्पर्धीलाई पछी पर्दै उनले उपाधि जित्न सफल भएकी हुन् । उसले २ लाख ५० हजार अमेरीकी डलर पुरस्कार स्वोरुप पाएकी छिन । अवार्ड हातमा लिँदै पुष्पाले भनिन- "यो अवार्डले मेरा लागि धेरै ठूलो माने राख्छ, अहिले पनि धेरै बालबालिका जेलभित्र बस्न बाध्य छन, निश्चितरुपमा म तपाईँहरुलाई बाहिर निकाल्न आउनेछु ।’ पुष्पाले अवार्ड देखाउँदै भनिन- यो मेरा बच्चाबच्चीका लागि हो र मेरो मुलुक नेपालका लागि हो । जसले मलाई भोट दिनुभयो र मेरो सपनामा बिश्वास गर्नुभयो, यहाँहरु सवैलाई धेरै धेरै धन्यवाद ।"
अमेरिकी टिभी च्यानल CNN ले  विश्वभरका सामाजिक अभियन्ताहरुलाई हौसला दिन  ६ वर्षदेखि लगातार सिएनएन हिरोजको उपाधि दिन थालेको हो । यसअघि सन् २०१० मा चेलीवेटी वेचविखनविरुद्ध योगदान पुर्‍याएकी नेपालकै अनुराधा कोईरालाले पनि यही उपाधि जितेकी थिइन । आउनुहोस बधाई दिनुहोस अझ धेरै हौसल्ला बढाउँ पुष्पा लगायत अन्य हाम्रा समाजसेवी हरुको र आफु पनि आ-आफ्नो ठाउँ बाट सक्दो समाजसेवा गरौँ ।
पुष्पा बस्नेत जी को केहि Story पढ्न तथा हेर्न चाहनु हुन्छ भने यो लिंक मा Click  गर्नुस । 
अवार्ड वितरण हुदा को भिडियो हेर्नुस ।


Happy Bloging !! :)
Please like our Facebook page and keep Visiting Our Blog .

Nagarik Dainik




Kantipur Publication




चुरोट भन्दा खतरनाक अण्डा ।


अण्डा धेरै खानेहरु साबधान । अण्डा भित्र पाईने कोलेस्ट्रोल ले चुरोट सेबन भन्दा धेरै असर गर्ने क्यानाडाका अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

कसरि असर पुर्याउछ त???
अण्डाको भित्र पाईने (रानो) पहेँलो भागमा  भएको कोलेस्ट्रोल मानिसको शरिरकाहरु भाग मा रगत लिएर जाने नशा लाई  त्यतिनै असर पुर्याउने गर्दछ, जति असर चुरोटको धुवाँले गर्ने गर्दछ नसाहरुलाई पुर्याउछ । यसरि असर पुर्याउछ ।

अनुसन्धान 

क्यानाडाका अनुसन्धानकर्ताले लण्डन हेल्थ साइन्सेज सेन्टरको यूनिभर्सिटी हस्पिटलका १२३१ जना बिरामीहरूमा यस अध्ययनका लागी जाँच गरेका थिए । यी सबै विरामीहरूको औसत उमेर ६२ बर्ष रहेको थियो । उनीहरूको रक्त धमनिहरूका साथै यसको अल्ट्रा साउण्ड पनि गरिएको थियो । यस जांचमा उनीहरूको जिवनयापनलाइ पनि समावेस गरिएको थियो । धुम्रपान गर्ने बिरामीहरूले प्रत्येक बर्ष खपत गर्ने चुरोटका प्याकेटको संख्यालाइ समेत जोडिएर यो अध्ययन गरिएको थियो । यसका साथै बर्ष भरी उपभोग गर्ने अण्डाको पँहेलो भागको मात्रा पनि मापन गरिएको थियो ।


४० बर्षको उमेर पछि बिरामीहरूको उमेर बढ्दै जानुका साथै बिभिन्न प्रकारका समस्याहरू बढ्दै गए तर चुरोट र अण्डाको पँहेलो भागको उपभोग गर्ने बिरामीहरूमा यो अनुपात निकै ज्यादा पाइएको थियो । यी सबैमा एउटा कुरा भने अचम्म लाग्दो देखियो । चुरोट पिउने मानिसहरूको तुलनामा अण्डा खाने दुइ-तिहाई मानिसहरूमा यो समस्या निकै पाइएको थियो ।
यस आधारमा यो निष्कर्ष निकालियो कि अण्डाको पँहेलो भाग चुरोटको तुलनामा धेरै घातक हुने । ’एग योल्क कन्जम्पशन एण्ड क्यारोटिड प्लक’ नामबाट गरिएको यस अनुसन्धान एथरोस्क्लेरोसिस जर्नलमा समेत प्रकाशित गरिएको छ ।


साबधान ....!!! 

Source - Np media