Latest News

४३ बर्ष पुरानो बिमान दुर्घटना, ३० साल मा अपहरण मा परेको बिमान यहिँ थियो

आज दिउसो तेस्तै १२ / १२.३०  बजे को थियो । बाटो मा हिड्दै मोबाईल मा फेसबुक चलाउदै थिए Newsfeed हेर्दै जादा " नेपाल बायु सेवा निगम" को बिमान सम्पर्क बिहिन ... भन्ने heading मा एउटा sharing समाचार देखें र पढ्न थाले तर सम्पूर्ण विवरण थिएन । घरमा  बेलका फर्कने बित्तिकै यसको बारे थपजानकारी पाउन इन्टरनेट  मा search गर्न थालें ।आज हराएको बिमान काठमाडौँ बाट पोखरा हुँदै जुम्ला को दुरी तय गरिरहेको बिमान पोखरा बाट जुम्ला उड्दै गर्दा सम्पर्क बिहिन भयो। जुन बिमान अर्घाखाँची को खिदिम मा दुर्घटना भएको आशंका  मा खोजि  थियो तर फेला परेको थिएन । जसमा एकबच्चा , एक बिदेशी नागरिक र तिन चालक दलका सदश्य सहित १८ जनाथिए।  हराएको जहाज ट्विनअटर 9N-ABB थियो।  searching  गर्दै गर्दा एउटा अचम्म को कुरा "ेपाल साप्ताहिक "(Online ) मा प्रकाशित लेख अनुसार ेपालि कांग्रेसले सशस्त्र संघर्षका  क्रम मा बिराटनगर बाट  उडदा  अपहरण  गरेको  बिमान उअहि थियो ।  २०३० साल जेठ २८ गते , अपहरण गर्ने योजना मा शुशिल कोइराला  पनि संलग्न थिए जो आज का प्रधानमन्त्रि छन्।
यहिहो पहरण मा परेको बिमान
यस भन्दा अघि यहिँ बिमान २०४९ साल असार २१ गते जुम्लामै सामान्य दुर्घटनामा परेको थियो। कस्तो संयोग त्यो दिन पनि आइतबारै थियो
त्यस्तै २०३० साल जेठ २८ गते नेपाली कांग्रेसले अपहरण गरेको विमान यही थियो। यस सम्बन्धमा श्रीदेव वैद्यको संस्मरण नेपाल म्यागेजिनमा छापिएको छ यी तल पढ्नुहोस -


 िमान अपहरण का सत्ताईस मिनेट           

   वि सं २०३० जेठ २८ गते बिहान सवा ७ बजे तत्कालीन शाही नेपाल वायुसेवा निगमको ९-एनएबीबी ट्वीनअटर विमान काठमाडौँबाट विराटनगरका लागि उड्यो । विमानमा आरके मानन्धर क्याप्टेन, म को-क्याप्टेन र जीबी राई सहयोगी थिए । एक घन्टाको उडानपछि सवा ८ बजे हामी विराटनगर पुग्यौँ । १५ मिनेटपछि काठमाडौँ उड्ने कार्यक्रम थियो ।

म ककपिटमै बसिरहेको थिएँ । दुई जना यात्रु जहाजमा चढे । एउटाले कालो ओभरकोट लगाएको थियो र हातमा पहेँलो कागजले बेरेको एक्सरे प्लेट बोकेको थियो । उनीहरू कहाँ बस्ने भनेर सल्लाह गर्दै थिए । मलाई लाग्यो, कस्ता रहेछन्, जहाँ बसे पनि त हुन्छ नि !

उनीहरू सरासर मेरो पछाडिको सिटमा आएर बसे । विराटनगरबाट काठमाडौँका लागि विमान उडेको करबि पाँच मिनेटपछि जहाज छ हजार फिटको उचाइमा थियो । काठमाडौँतिर मोडिएपछि विराटनगर स्टेसनलाई सम्पर्क गरेर 'गुड नाइट' भनेपछि पि|mक्वेन्सी अफ गरयिो अनि काठमाडौँका लागि सेट गरयिो । ठीक त्यहीबेला झर्‍याप्प दुई जना मानिस आए । म कन्ट्रोलमा थिएँ । एउटाले मलाई समायो र अर्काले कञ्चटमा रभिल्वर तेस्र्याउँदै भन्यो, "बुझ्नु भो, हाइज्याक भनेको यही हो ।" हत्तपत्त मेरो हात कञ्चटमा तेस्र्याएको रभिल्वरतिर गयो । "के मजाक गरेको यो ?" मैले वाक्य पूरा गर्न पनि पाएको थिइनँ उसले भन्यो, "मेरो मतलब बुझ्नु भएन ! हामी कांग्रेसका कार्यकर्ता हौँ । हाम्रो नाममा वारेन्ट छ । तिम्रो राजाले हामीलाई धेरै सतायो । काठमाडौँ जाने बित्तिकै समाउँछ । त्यसैले हामीलाई यतै कतै ओराली देऊ ।"

त्यसपछि मैले कन्ट्रोलको जिम्मा क्याप्टेनलाई दिएँ, 'लेभल आउट' गरेँ, ता कि विमान त्यसभन्दा माथि नजाओस् । उनीहरूले विमान भारततर्फ लैजान भने । नजिकै भारतको वीरपुर एयरपोर्ट पथ्र्याे । हामीले भन्यौँ, "तिमीहरूलाई ओर्लिनु नै छ भने वीरपुरमा ओरालिदिन्छौँ ।" उनीहरूले मानेनन् । आफ्ना साथीहरू फारवेसगन्जमा भएकाले त्यतै जान भने । "कसरी जाने त ?" हाम्रो प्रश्नमा दुर्गा सुवेदीले नक्सा कोरेको एउटा कागज दिए । विराटनगर, कोसी नदी ब्यारेज अनि फारवेसगन्ज । त्यस दिशातिर यति मिनेट अनि यतातिर यति मिनेट जहाज उडाउने भनेर पनि लेखिएको थियो । 'हुन्छ' भनेर कोसी नदी 'फलो' गरेर अघि बढ्यौँ ।

विमानले कोसी ब्यारेज नाघ्यो । त्यसपछि दुर्गा सुवेदीले भने, "पूर्वतिर लैजानूस् ।" मैले केही गरी अझै दक्षिणतिर लिएर गयौँ भने त यिनीहरू हराउँछन् र फेर िपनि झुक्याएर काठमाडौँै लैजान सकिन्छ कि भन्ने कोसिस गरँे । पूर्वतिर लैजाने निर्णय गर्दागर्दै विमान चार हजार फिट तल आइपुग्यो । आकाशमा बादल थियो । बादल छल्न विमान तलमाथि गर्नु पर्‍यो । हामी चार हजार फिटभन्दा पनि तल झर्‍यौँ । घरी यता जाऊ, घर िउता जाऊ भन्छन् उनीहरू । हुँदा हँुदा हामी त दुई हजार फिट तल पुगेछौँ । जति तल गयो, त्यति टाढाको दृश्य देखिँदैन । उनीहरू धकेलेर यता जाऊ, उता जाऊ भनेर एकदमै दबाब दिन थाले । अति भएपछि मैले भनेँ, "ठीक छ तिमीहरूलाई विश्वास छैन भने म सिट छोडिदिन्छु आएर बस ।" तर, उनीहरूको व्यवहार भने राम्रै थियो ।

नक्सा मागेर हेरेँ । फर्किने ठाउँको निहँु बनाएर उनीहरूले दिएको नक्सा कसै गरी शाही नेपाल वायुसेवा निगमलाई दिन सकिन्छ कि भन्ने लाग्यो । दुर्गाको प्लान राम्रो रहेछ । उनले भने, "तपाईं चक्कर लगाएर माथि चढ्नूस् ।" दुई हजार फिटमा रहेको जहाज चार हजार फिटमा चढेपछि उनले ऊ त्यही हो भनेर माथिबाट ठाउँ देखाइदिए । त्यसपछि त जानैपर्‍यो । हामीले खाल्डाखुल्डी हुनसक्ने तर्क गर्‍यौँ । तर, उनीहरूले त पहिले नै तयारी गरेका रहेछन् । चुना राखेर सेन्टर लाइन पनि बनाएका रहेछन् ।

ल्यान्ड गरेपछि छेउमै रहेको गाईको बथानको बीचबाट एउटा जिप निस्िकयो र सीधै हामीतिर आयो । जिपबाट 'रोक्नूस्' भनेर जोडको आवाज आयो । ब्रेक जाम गरेर रोक्नुपर्‍यो । त्यसपछि जिपको ड्राइभर देखियो । जहाँसम्म मलाई लाग्छ ऊ कोइराला परविारको कुनै सदस्य हुनुपर्छ । उसले टाउको पछिल्तिर लुकायो ।

विमान रोकिएपछि ढोका खोल्न लाग्दा मात्र हामीले चाल पायौँ, अपहरणकारी त तीन जना पो रहेछन् । त्यसअघि हामीलाई दुई जना मात्र हुन् भन्ने लागेको थियो । जिपमा पाँच-सात जना मानिस थिए । बन्दुक पनि बोकेका थिए उनीहरूले । जिपमा आएका मध्ये एक जना विनोद अर्याल थिए, जसको देब्रे हातमा रभिल्वर थियो । उनीहरूले 'काम सकिने बित्तिकै इसारा गर्छौं, विमान उडाउनू, नत्र जहाज पड्काइदिन्छौँ' भने । एकको हातमा ह्यान्ड गि्रनेड थियो, अर्काको हातमा पिन नभएको गि्रनेड । अनि, दुई जनाको हातमा रभिल्वर ।

अपहरण गर्नेहरू ओर्लिएपछि विनोद अर्याल जहाजमा चढे । अगाडिपट्ट िराखिएका दुई बाकस निकाले । एउटा बाकस पछाडि पनि रहेछ । ३० लाख भारतीय रुपियाँ रहेका तीन बाकस निकालेपछि विनोदले रभिल्वर घुमाउँदै हामीलाई जान भने । फारवीसगन्जबाट हामी सीधै विराटनगरतिर उड्यौँ । हामीले आफूहरू अपहरणमा परेको, राष्ट्र ब्यांकको ३० लाख रुपियाँ लुटिएको तर यात्रुसहित हामी सुरक्षित तरकिाले पुनः विराटनगरतर्फ जाँदै गरेको जानकारी गरायौँ । त्यसबेला शानेवानिको एउटा विमान पटना जाँदै रहेछ । क्याप्टेन डीआर प्रधान थिए । उनले 'सबैतिर खबर गरििदन्छु' भने । हामी विराटनगरमा अवतरण गर्‍यौँ । अपहरणको यो घटना पूरा हुन २७ मिनेट लागेको थियो ।

 को-को छन् आज हराएको विमानमा ?
१ मानव सेजुवाल (कांग्रेस जुम्लाका सभापति)
२ गौरी कठायत (पत्रकार)
३ टेकबहादुर महतरा
४ नन्दा महतरा
५ डी महतरा
६ वर्षा हमाल न्यौपाने
७ उमा तामाङ
८ डा. विकल्प पोखरेल
९ डिपी उपाध्याय
१० राजेन्द्रप्रसाद देवकोटा
११ दीपक श्रेष्ठ
१२ डि शाही
१३ आर चौलागाईं
१४ एम म्याथिसेन (डेनमार्क)
१५ नाम नखुलेका नाबालक :(