चुप लागेर बसे माटो बिग्रिन्छ, भविष्य बिग्रिन्छ ।

धेरै दिन  पछि ब्लग मा केहि Share गरौँ  लग्यो आज फेसबुक  मा सधैं झैँ केहि केहि news  update  हेर्दै थिएँ
 झट्ट एउटा फेसबुक Page "CA election 2070 संबिधानसभा निर्वाचन ०७० नतिजा " मा गएर अडियो त्यहाँ बर्तमान खबर पत्र पत्रिका मा  चर्चामा रहेको " मोंसान्टो " (कृषि बिउबिजन)  को बारेमा टिप्पणी, आलोचना गरेको रैछ मलाइ धेरै चाख लाग्यो र याहाँ share  गर्न मन लाग्यो । कसको लेख हो थाहा पाउन सकिएन ।लौ share  गरेर सबैलाई जानकारी दिउँ ।

चुप लागेर बसे माटो बिग्रिन्छ, भविष्य बिग्रिन्छ । भोली खानका लागि अमेरिकी प्लेन पर्खेर बस्ने दिन नआओस् । चुप लागेर बस्न नहुने कारणहरु यस्ता छन्

१. छिमेकी भारतमा ३ लाख कृषकहरुले यही मोनसान्टो मकैको कारण आत्महत्या गर्न बाध्य भए ।, कारण : यो मकैको बिउलाई भिटामिन र मल अत्याधिक चाहिन्छ । खर्च गरेर रोप्यो, गफ दिए जति कुनै हालतमा फल्दैन । अर्को बर्ष पनि यही मकैको बिउ किनेरै लगाउँनै पर्छ । रिन बढ्दै जान्छ, प्रतिफल घट्दै जान्छ ।

२. नेपाली किसानको पैसा विदेशीको खल्तिमा पुग्छ ।, कारण : एकपटक सो बिउ प्रयोग गरेपछि उम्कनै नसक्ने सम्झौताको जालोमा पुग्छन् नेपाली किसानहरु । आफुले यसको बिउ राख्न पाइदैन । राखेमा हजारौ डलर क्षतिपूर्ति तिर्नु पर्छ । तपाईले अर्को बर्ष बिउ नकिने तपाईको घरमै आइपुग्छन् चेक गर्न । एक पटक मोन्सान्टोको बिउ प्रयोग गरेपछि लोकल जातको मकै सोही ठाउँमा रोपे घोगै लाग्दैन । यसका लागि अमेरिका, क्यानडा र भारत लगायत निकै अफ्रिकी मुलुकको उदाहरण हेरे पुग्छ ।

३. यो मकै खान अयोग्य हुन्छ ।, कारण : यो जनवारको दानाका लागि फलाइन्छ । मानिसले खाएमा क्यान्सर, बाँझोपन लगायतका १०० भन्दा बढी रोगको शिकार हुने अधिक सम्भावना हुन्छ ।

४. यो मोनसान्टो भन्ने मकैको बिउ युरोपमा पुरै प्रतिबन्धित हो । यो पृथ्वीको कुनै पनि स्थानका लागि उपयुक्त छैन ।, कारण : यसले स्थानिय जातको बालीलाई फल नलाग्ने बनाउँछ । तपाईको छिमेकीले यो रोपेको छ र तपाईको बारीमा स्थानिय जातको मकै छ भने यसको परागकणले तपाईको बारीको मकैलाई पनि आक्रमण गर्छ ।

५. भ्रममा नपरौं, मोनसान्टो मकैको बिउ हाइब्रिड हैन । जेनेटिकल्ली मोडिफाइड हो ।

६. जसले नेपालमा यो बिउ ल्याउँनको लागि हस्ताक्षर गर्दैछ त्यो मान्छेको रगत चुस्ने पिचास बराबर हो ।

फेरि भन्दैछु, चुप लागेर नबसौं । मोनसान्टो सहित सबै जेनेटिकल्ली मोडिफाइड बिउहरुलाई नेपालमा प्रतिबन्ध लगाउँ । भोली खानका लागि अमेरिकी प्लेन पर्खेर बस्ने दिन नआओस् ।

यो पोस्टलाई तपाई कपी पेस्ट गर्नुहोस् । सेयर गर्नुहोस् । सक्नुहुन्छ अझ सरल भाषामा सबैले बुझ्ने गरि परिमार्जित गर्नुहोस् । तर कृपया चुप लागेर पढेर नछोड्नुहोस् । माटोको सवाल हो, भविष्यको सवाल हो
Happy blogging  :)