Latest News

एक प्रेम कथा

भन्छन् जीवन एक यात्रा हो । मेरो यात्रा पनि गतिशिल तरिकाले अगाडि बढ्दै थियो । मेरो घरमा आर्थिक समस्या तथा मेरो भाई र मलाई स्याहार गर्न नसकेकाले म मामाघर आएर बस्नुप¥यो । सानो छँदा बाबा आमाको माया त पाउन सकिन । तर पनि मलाई माया गर्नमा मेरो हजुरबुवा र हजुरआमाले कुनै पनि कमि गर्नुभएको थिएन । माया धेरै पाएर होला कसैले हप्कायो भने पनि मेरो आँखाबाट आँशुका धारा बग्न थाल्थ्यो । म धेरै रुन्चे थिए कसैको सानो कुराले पनि मेरा चित्त दुख्थ्यो र म रोइहाल्थे । सायद कसैको वचन नखाएर र मेरो हजुरबुवा र हजुरआमाको माया पाएर होला । दिनहरु आफ्नै बेगमा बितिरहेको थियो । दिनहरु वितिरहँदा कक्षा ४ मा पढ्दाखेरी बर्षा(काल्पनिक नाम) नाम गरेकी केटी भर्ना भएकी थिएन । सानोछँदा बोल्ने, खेल्ने सबैसंग गरिन्थ्यो । उनीसंग पनि एक दिन , दुईदिन गर्दा गर्दै उनीसंग पनि हाँस्ने,खेल्ने हुन थाल्यो । साँच्चै नै उनी र म अरु भन्दा पनि मिल्ने साथी थियौं । म अरु संग बोल्यो भने उनी रिसाउँथिन भने उनीसंग अरु कोही बोलेमा म पनि रिसाउ“थे । अनि आफैं कान समातेर हामी एकअर्कासित माफि माग्थ्यौँ । कति रमाइलो थिए ति दिन । अहिले सम्झ्यो भने मन भतभति पोलेर आउ“छ । उनी एकदिन स्कुल आईनन् भने शंका , उपशंकाले मेरो मनमा डेरा जमाउ“थ्यो । अनि सोच्न थाल्थे, कतै उनलाई केही त भएको छैन भन्ने प्रश्न मेरो मनमा ठूलो ढुंगा बनी छाईरहन्थ्यो, त्यो दिन पढेको जस्तो पनि लाग्दैनथ्यो । अनि म स्कुल कारणवश नजा“दा उनलाई पनि यस्तै हुदोरहेछ अनि अर्को दिन स्कुल गयो भने रुन्चे स्वरमा भन्थिन ‘‘ हिजो किन नआएको? तिमी नआउ“दा मलाई नरमाइलो लाग्छ भन्ने थाहा छैन । भोलिदेखि आएनौ भने मैले जानेको छु ।’’ यस्तै यस्तै भनेर गाली गर्थिन् अनि कान समातेर माफि माग्न लगाउ“थिन । बस् यहि कुरा सम्झन्छु,अनि कता कता रमाईलो अनुभूती हुन्छ । अनि कताकता त्यो पल फेरी फर्केको भए कति रमाइलो हुन्थ्यो होला । समय वित्ने क्रम जारी नै थियो । समयले आफ्नो चक्र लगाईरहेको थियो । यस्तैमा हामी पनि ठूला भइसकेका थियौं । एकदिनको कुरो हो सायद हामी कक्षा ७ कक्ष्ाँमा पढ्थ्यौ । त्यतिबेला खेल्ने क्रममा डेस्कबाट लडेर ठूलो चोट लाग्यो र म हिड्न सकिन । मलाई अझै पनि याद छ त्यो पल, त्यो क्षण जब म हिड्न नसकेर पिडाले छटपटाएको बेला उनी कति रोएकी थिइन । उनको आ“खाबाट निस्केको आ“शु सम्झ“दा अझैपनि, अझैपनि मेरो मन पिरोलिन्छ । उनीसंगै भेट्न पाए हुन्थ्यो जस्तो अझै पनि हुन्छ । तर के गर्ने उनी अहिले मसंग नभएपछि । हो पाठक मित्रहरु त्यसदिन मेरो खुट्टा मर्किएको रहेछ । आर्थिक स्थिती कमजोर भएका र अन्धविश्वासका कारणले गाउ“घरमा सामान्य फुकफाक गर्ने ग¥यौं । तरपनि धेरै दिन लाग्ने भयो र म स्कुल जान नपाउने भए । म धेरै दुखि थिए किनकी मैले उनलाई भेट्न पाउने थिइन । मैले मनमनै भगवानलाई पुकारे । कहिलेका“ही त त्यस्तै हुदो“रहेछ । किनकी मेरो अगाडि बर्षा थिईन । उनी स्कुल जाने निह“ुमा मेरो घर आएकी थिइन । मेरो हजुरबुवा , हजुरआमालाई आदर गर्थिन र मेरो हजुरबुवा र हजुरआमाले पनि राम्रो मान्नुहुन्थ्यो । उसलाई कस्तो छ भनी मेरो कोठा तर्फ लागिन् । अनि मेरो छेउमा आएर आत्तिनु पर्दैन, चा“डै ठिक हुन्छ भन्दै प्रेरणा दिने गर्दथिन् । सधैंजसो उनी स्कुल नगएर मेरो घरमा आउने गर्थिन । हामी दिनभरी कुरा गरेर बस्थ्यौ जव स्कुल विदा हुने समय हुन्थ्यो अनि उनी घर जाने गर्दथिन्् । यस्तै आउने जाने भैरह“दा एक दिन उनलाई भने ‘‘ बर्षा तिमी किन स्कुल नगएर म संग आएर बस्छौ, खुट्टा मालिस गर्दिन्छ्यौ । घर कतैबाट थाहा पाएभने तिम्रो मम्मी, ड्याडीले तिमीलाई त तिमीलाई भैहाल्यो, मलाई समेत बस्न खान दिने हुनेछैन । त्यसैले तिमी जाऊ भनेर सम्झाउने गर्थे ।’’ अनि उनी भन्ने गर्थिन ‘‘ अह“ म तिमीलाई ठिक नभएसम्म कहि“ कतै पनि जान्न चाहे जति सुकै वाधा अवरोध आओस तर तिमीलाई यस्तो अवस्थामा छाडेर जान्न ।’’ यो वचन सुनेर म निकै खुशि भए किनकी म पनि यही चाहान्थे की ऊ मसंगै बसिदिओस् । त्यसदिनदेखि मलाई कता कता अनौठो अनुभुती हुन थाल्यो । मेरो मुटुको कुनै ठाउ“मा उनी बसेझै भयो ।कहिले देखि उनलाई मैैले आफ्नो जिन्दगी सम्झिन थालेछु मलाई पत्तै भएन । उनलाई नदेख्दा केही न केही विर्से झैं अनुभुती हुन्थ्यो भने उनी मसंगै मेरो साथमा हु“दा सम्पूर्ण चिज नै भएको जस्तो लाग्थ्यो सायद प्रेम भएर नै होला । हामी एकले अर्कालाई नभने पनि हामीबीच एउटा प्रेमको मुना पलाइसकेको थियो । बस मात्र त्यसलाई उजागर गर्नुथियो । त्यो उजागर मैले गर्ने विचार गरे तर मलाई डर लाग्थ्यो कतै उनले मेरो प्रेम प्रस्तावलाई नकार्ने त होइनन् । यत्रो बर्ष देखिको मित्रता यही कारणले फाट्ने त होइन भन्ने मेरो मानसपटलमा पुग्यो तर पनि मैले दृढ विश्वासका साथ र साहस बटुलेर उनी सामु मेरो प्रेम प्रकट गर्ने सोच गरे । त्यसरात म सुत्न पनि सकेन । कतिबेला उज्यालो होला र उनीसामु मेरो प्रेमकोे भावना प्रकट गर्न पाउ“ला भनेर म आत्तिएको थिए । कति खेर उनी आउलीन भन्दै बाटो कुरीरहेको थिए तर दुर्भाग्य ,त्यो दिन उनी आईनन् । म निकै दुखि भए भर्खर भर्खर प्रेमको मुना पलाएको बेला बोटनैै सुकेर गए झैं लाग्यो । तै पनि कुनै समस्या भए र नआएको होला भन्ठानेर म भोलीपल्ट सकिनसकि हतारहतार स्कुल प्रस्थान गरे । त्यहा“ मेरी बर्षा आएकी थिइनन् । उनको साथी संजिताले(काल्पनिक नाम) मेरो सामु आएर भनीन् ‘‘दाजु, अब बर्षा यो स्कुलमा पढ्दिनन् ,उनी उतै बोर्डस गरेर गोर्खा स्कुलमा पढ्छिन रे यति भन्दिनु भन्दै थिइन ।’’ त्यो पल म छांगाबाट खसेको झैं भए, मेरो प्रेमको दुध बालुवामा पोखे जस्तै भयो, मेरो आशा जति सबै विलिन भएको झै भयो तै पनि साहस गरेर उनलाई सोधे किन रहेछ उनी अचानक पढ्न गोर्खा स्कुलमा गएको ? भन्दै प्रश्न गरे संजिता भन्दैथिइन्–‘‘स्कुल नगएर तपाईको घरमा गएको थाहा पाएपछि उनका ड्याडीले झुत्रेझात्रेको घरमा कि जान्छेस् भन्दै गालि गर्दै उनलाई गोर्खा भर्ना गरिदिने भएका हुन् ।’’ उनलाई गोर्खा भर्ना गरिदिने भएका हुन् ।’’ भन्दै संजीताले भनिन् । मेरो आ“खाबाट आ“शुका थोपा खस्न थाल्यो । मेरो यात्रामा का“डा नै का“डा छरेको अनुभव भयो । दिनमै ग्रहण लागेको झैं भयो । त्यसदिन म स्कुल पनि नपढी घर फर्किए । हो पाठक मित्रहरु त्यस दिन म पागल झैं भएको थिए । जसरी एउटा ड्रगिष्ट आफ्नो डोज पाएन भने पागल झैं हुन्छ त्यसरी नै म पनि पागल झैं भएको थिए । म पनि एउटा ड्रगिष्ट नै थिए उनको प्रेममा । मेरो मनमा मात्र एउटा कुरा खेल्न थाल्यो कसरी उनलाई भेट्ने र आफ्नो पागलपनलाई हटाउने । 
त्यस्तै गर्दा गर्दै मेरो पढाईतिर पनि ध्यान जान सकेन् । एक दुई महिना वितिसकेको थियो । उनी बाबा आमालाई भेट्न घर आउने कुरा मलाई घर नजीकैको बर्षाको साथीेले बताईन् । मेरो मन आफैमा हर्षित भइरहेको थियो भने कता कता डर, लाज लागिरहेको थियो । 
मेरो मानसपटलमा प्रश्नहरु एकपछि अर्को गद तेर्सिरहेको थियो । कतै उनले विर्सिन कि ? नविर्से पनि मैले उनलाई प्रेमप्रस्ताव राख्दा उनी रिसाउने पो हुन कि भन्ने कुराहरुले मलाई डराइराखेका थिए । तै पनि जे पर्ला पर्ला भन्ने भयो । उनी पनि आईन कार चढेर अनि उनलाई देख्ने वित्तिकै उनको कार पछि पछि दौडिए । ‘‘बर्षा बर्षा ’’भन्दै बोलाउ“दै थिए । तर गाडिको अगाडि मेरो बलबुता नै चलेन । उनी अगाडि अगाडि म पछि पछि दौडीदै थिए । उनको घरमा पुग्दा म निकै खुशी भएको थियो । किनकी आज मेरी हृदयकी रानीलाई भेट्न पाउ“दैछु । तर, त्यहा“ नसोचेको कुरा भयो । मलाई गेट पालेले नै छिर्न दिएन । अनि म चिच्याए“ ‘‘बर्षा बर्षा’’ उनी पछाडि फर्किएर मेरो नाम लि“दै दौड्दै आईन । तर उनको मम्मीले तानेर भित्र लैजानु भयो । म निराश भएर घर फर्किन लागेको थिए । उताबाट बर्षाको ड्याडिले मलाई बाबु भनेर बोलाउनुभयो । मायालु स्वरमा भन्नु भयो ‘‘बाबु तिमि मेरो छोरी बर्षालाई धेरै माया गर्छू ह नी ?’’ मैले सहमतिमा टाउको हल्लाईदिए । उनको ड्याडिले मेरो गालामा एक थप्पड हान्दै ‘‘झुप्रामा बस्नेले मेरो छोरी ताक्न’’े भन्दै मलाई गल्हत्याएर निकालिदिनुभयो । ठूलो भइसकेकोले गर्दा होला । मैले त्यो पिडा सहन सकिन् ।
मैले त्यो पिडा सहन सकिन् । मैले एउटा ढुङ्गा उठाएर घरको झ्यालमा हानेर झ्यालको सिसा फोडिदिए र त्यहा“बाट म आफ्नो बाटो लागे । आउ“दा आउ“दै मेरो मन भतभति रुन थाल्यो । आफ्नो भाग्यलाई धिक्कार्न थाले सायद गरिब भएर होला मैले उनलाई भेट्न नपाएको भन्दै आफ्नो खप्पडलाई दोष दि“दै घर फर्किए । 
मेरो मनमा एउटै कुरा चलिरहेको थियो उनी सामु कहा“,कसरी, कुन अवस्थामा हुन्छ उनलाई भेट्ने तर कुनै उपाय नै निस्कीरहेको थिएन । यस्तै सोच्ने क्रममा त्यो रात त्यत्तिकै वित्यो भोलिपल्ट के के गर्ने,के नगर्ने भैराखेको थियो । मैले सोच्न पनि सकेको थिएन ,कसरी उनलाई भेट्ने र आफ्नो मनको कुरा उनीसामु पोख्ने ।
सायद उनलाई पनि यसै भएको थियो होला । त्यसैले उनी पसल जाने बाहानाले मेरो घरमा आईन् । उनलाई मेरो आ“खाको नयनले देख्दा खेरी सपना जस्तो लागेको थियो तर त्यो विपना नै रहेछ । पाठकमित्रहरु त्यो विपना नै रहेछ । उनलाई देख्दा म यति खुशि भए की मेरो खुशीको वर्णन पनि गर्न सक्तिन । किनकि मेरो जीन्दगी, मेरो प्राण जे भने पनि उनी नै थिइन् । मेरो आ“खाबाट आफसेआफ मैन पग्ले झैं आ“शु पग्लन थालिरहेको थियो । उनको पनि आ“खामा आ“शु टिलपिल गरिरहेका थिए । सायद धेरै पछि हाम्रो भेट भएर होला ।
उनी मलाई देखेर केही पनि बोल्नै सकिनन् सिधैं मेरो अ“गालोमा समाहित भईन् । सायद हाम्रो जिन्दगीमा एकअर्कालाई थाहा नै नभई प्रेमको पालुवा पलाईसकेको थियो । त्यसैबखत मेरो मुखबाट एउटा वाणी निस्कियो ‘‘आई लभ यू बर्षा,आई लभ यू म तिमीबिना बा“च्न सक्दिन ।’’ उनले अ“गालोबाट पर हट्दै भनिन् – ‘‘के भन्यौ’’ म झस्किए“ र फेरी साहस गरेर उनलाई भने –‘बर्षा म तिमीविना बा“च्न सक्दिन तिमी नै मेरो सबथोक हौ, तिमी छैनौ त म पनि रह“दिन जसरी पानी विना माछा जिउन सक्दैन त्यसरी नै मेरो यो जिन्दगी मरेतुल्य हुनेछ ।’ उनी ठट्टा गर्दैभनीन् ‘‘ लाटा यि सबै कुराहरु पनि भनिरहनुपर्छ त । म तिम्रै त हु“ नी ।’ अनि भन्छिन् ‘म पनि तिमीविनाको जिवन सोच्न पनि सक्दिन ।’’ यस्तै कुरा गर्दै थियौं । उनले ‘मलाई घर गाली गर्छन्’ भनेर उनी आफ्नो घरतर्फ प्रस्थान गरीन् ।
त्यसदिन मेरो बर्षो देखिको सपना पुरा भएझैं लागेको थियो । मेरो मन आफै आफै प्रफुल्लित भइरहेको थियो । मेरो मनको बगैंचामा एउटा सुन्दर फुल फुलेभंmै लाग्यो । जुन फुललाई मैले राम्रोस“ग गोडमेल गरेर हुर्काउनुपर्छ भन्ने भान ममा थियो ।
त्यसपछिका दिनहरुमा हाम्रो कहिलेकांही भएपनि भेट भइरहन्थ्यो । हामी एकअर्काको मनमा लागेका कुराहरु आफुसमक्ष प्रस्तुत गथ्र्योै । त्यस्तै समयले आफ्नो गति लिइरहने क्रममा कुरा २०६३/०३/३० गते तिरको हो । त्यसदिन मेरो पुरानो रोग बल्झिएको कारणले मलाई कोहलपुर शिक्षण अस्पताल ल्याइयो । मेरो रोग बल्झिएको थाहा पाएर उनी पनि मलाई भेट्न अस्पताल आईन । आफुले मन पराएको मान्छे आउ“दा कसलाई पो खुशी लाग्दैन र, उनी मेरो सामु आएर मलाई सोध्न थालिन् ‘ के कस्तो छ, अनी एसएलसीको तयारी कस्तो चल्दैछ त?’ मैले त्यस प्रश्नको प्रतिउत्तरमा ठिकठिकै छ अनि तिमीलाई कस्तो छ त नी तिम्रो पढाई पो कहा“ सम्म पुग्यो ।’ यस्तै यस्तै कुराहरु गर्दै त्यस दिन हामी अस्पतालमा दिनभरी नै कुरा गरेर बस्यौं ।
डाक्टरले भने अनुसार मेरो खुट्टा अप्रेशन गर्नुपर्ने भयो, त्यसको लागि करिब बाह्र पन्ध्र हजार जम्मा गर्नुपर्छ भनेर डाक्टर साहेबले भन्दै हुनुहुन्थ्यो । हाम्रो लागि त्यो पैसा भनेको निकै ठूलो रकम थियो । हामी त्यत्रो पैसा जम्मा गर्ने स्थितिमा नै थिएनौ । मेरो हजुरबुवाले जग्गा बेच्ने कुरा गर्नुभयो मेरो उपचारको लागि । तर बर्षाले भने अह“ जग्गा बेच्नुपर्दैन मस“ग नास्ता खाने पैसा र अन्य खर्च गरेर आठ हजार जति छ त्यही पैसाले काम चलाउनुस् भनेर उनले भनीन् मैले भने लिन मानिरहेको थिएन उनको त्यो बाणीले लिन बाध्य तुल्यायो । उनले भनेकी थिइन – ‘‘यदि तिमीले यो पैसा लिएनौ भने हाम्रो नाता पनि टुट्न सक्छ र तिम्रो हुनु र मेरो हुनु कुरो त एउटै त हो नी होइन र ?’’ हो पाठक मित्रहरु यही भनेकी थिइन त्यही मेरो बोली ठाउ“को ठाउ“ रुक्न बाध्य भए ।
त्यही पैसा थपथाप गरेर मेरो खुट्टाको अप्रेशन भयो र मेरो खुट्टा पूर्ण रुपमा निको भइसकेको थियो ।
एसएलसीको परिक्षा पनि करिब करिब आउन लागिसकेको थियो । एसएलसी दिनुभन्दा एकदुईमहिना अगाडि डेरा लिएर कोहलपुर ट्युशन पर्न आउनुपथ्र्यौ । हाम्रो दैनिक जसो एकछिन भएपनि भेट हु“दै जान थाल्यो । कहिले कता, कहिले कता जान्थ्यौं , प्रेमका रमाईला रसिला कुरा गर्दै दिन विताउ“थ्यौं । हाम्रँे प्रेम पहिले भन्दा पनि गाढा भइसकेको थियो । हामी एक अर्काबाट एकपलका लागि छुटिन नसक्ने भइसकेको थियौं । यसैगरी हामीले एसएलसीको परिक्षा पनि दिइयो । पढ्ने क्रम जारी रह“दा हामीले कक्षा १२ को परिक्षा पनि दिइसकेका थियौं ।

कुरा २०६६ साल श्रावण तिरको हो । उनले हामी सधैं भेट्ने नर्सरीमा बोलाईन । सधैंको जसो चमक उनको अनुहारमा थिएन । उनी मेरो सामु आएर मलाई अंगालो हाल्दै रुन थालिन् । ‘हैन तिमीलाई के भयो भन न किन भन्दिनौं के भयो तिमीलाई’ भन्ने प्रश्नमा रुदैं भन्न थालिन ‘मेरो घर परिवारले मेरो विवाहको कुरा अन्तै चलाईसक्नु भएको रहेछ । मलाई कसरी हुन्छ बचाऊ,म तिमीबाट एकपल पनि छुटिन चाहान्न ।’ नरोउ केही हु“दैन तिमी मेरी नै हौ । तिमीलाई मबाट छुटाउन कसैले पनि सक्दैन भनेर सम्झाउ“दै थिए“ । तर पनि मेरो मनमा भयले वास गरिसकेको थियो । के गर्ने होला, कसो गर्ने होला कसरी उनीसंगै आफ्नो जीवन समर्पण गर्ने होला मैले केही पनि सोच्नै सकिरहेको थिएन । त्यसैबेला उनले गोजीबाट एउटा बट्टा निकाल्दै भनिन् ‘तिम्रो र मेरो प्रेम यिनीहरुले सफल हुन दिने छैनन् ।जसरी भएपनि आज मलाई यो दलदलबाट मुक्त गरिदेऊ ।’ उनको कुरा भू“इमा झर्न नपाउ“दै सोधे के हो यो? उनले बट्टा देखाईन त्यसपछि म झस्किए“ । हो पाठक मित्रहरु म तर्सिए किनकी त्यस बट्टामा महिलाले लगाउने सिन्दुर

थियो । त्यतिखेर नै मेरो मनमा अनेक कुरा खेल्न थाले । उनले भनीन्–‘आजदेखि मलाई सदा सदाको लागि आफ्नो बनाऊ । म मात्र तिम्रो हुन चाहान्छु ।’ यो वाणी मेरो मानसपटलमा अझै पनि गुञ्जिरहन्छ । हो पाठकमित्रहरु यो वाणी । तब मलाई थाहा भयो की उनको प्रेममा कति निश्छलता छ उनले मलाई कति माया गर्थिन भनेर ।उनले

मेरो लागि आफ्नो घरको प्रवाह समेत गरिनन् हो मलाई उनले दिलोज्यान दिएर माया गरेकी थिइन । सायद त्यो मायाको अगाडि मेरो माया पनि कम नै हुन्थ्यो । सोच्थे हाम्रो माया जति गाढा कसैको माया छैन यस्तो स्वच्छ, निश्छल, पवित्र साथै सा“चो मायाको बार कोही पनि बन्न सक्दैन चाहे भगवान आएर रोके पनि हाम्रो माया लाई रोक्न सक्दैन’ यही सोच्थे म 

साभार - फेसबुक पेज "मेरो पहिलो प्रेम पत्र"
Happy Bloging !! :)
Back To HOME

Liston for more Nepali Novel and translated novel Visit  Nepali Novel  And for English Novel Visit English Novel
Please like our facebook page and keep Visiting Our Blog .

एउटा प्रेम कथा

वरिपरि फर्सीका लहरामा सुनको श्रीफूल र ढुंग्री जस्ता पहेँला फूलहरु फुलेको देखेर हलुवाबेदको बोटलाई लोभ लाग्यो । उसले फर्सीको लहरालाई निम्त्यायो । हलुवाबेद जस्ताको सुन्दर सहारा पाएकोमा फर्सी पनि मख्ख परी ।
फर्सी विस्तारै हलुवाबेदसँग टास्सीदै टुप्पामा पुगी । उसले हलुवाबेदको बोटलाई पातै नदेखिने गरी छपक्क छोपी र श्रीफूल एवं ढुंग्रीजस्ता पहेंला फुलहरुले सिंगारी ।

केही दिनपछि फूलहरु झरे । फर्सीका साना साना फल फल्न थाले । हलुवाबेद र फर्सी दुबै प्रशन्न भए । ती चिचिला फर्सी हलुवाबेद जत्रा नभएसम्म दुबै खुशी नै थिए, तर ती साना साना फर्सी ठूला हुन थालेपछि भने तिनलाई धान्न हलुवाबेदको बोटलाई गाह्रो भयो । उसले फर्सी लाई भन्यो, प्रिये, तिम्रा सन्तानको बोझले म कुप्रो परिसकेँ, अब भाँचिन मात्रै बाँकी छ, बिहानीको घाम जस्तो रातो गरी पाक्ने मेरा प्यारा सन्तानहरु फल्नै नपाई झरे । तिमी सतम्रा सन्तानहरुलाई लिएर भुइँमा र्झन सक्तिनौ

फर्सीले आफ्नो विवशता प्रकट गर्दै भनी, " प्रिय, यी मेरा मात्रै हैनन् हाम्रा सन्तान हुन् । मैले तिम्रो जिउभरि जुन त्यान्द्राहरुले बेरेकी छु ती हाम्रो ममताको बन्धनका पवित्र औंठीहरु हुन् । मानवको जस्तो स्वार्थको छिनोले छिनिने नेलहरु हैनन् ती । तिमीले वा मैले चाहेर ती बन्धनहरु तोड्न सकिंदैनन् । हामी प्रकृतिको नियमका बन्दी हौं र आसन्न नियति भोग्न वाध्य छौं ।"

हलुवाबेदले लामो निश्वास छोड्यो र ऊ मौन भयो ।

एकदिन साँझ हुरी चल्यो । हलुवाबेदले फर्सीलाई सकेसम्म जोडले अँठ्याएर आफूसँगै राख्न खोज्यो तर सकेन ।

भोलिपल्ट बिहानै मालीले बगैचा तर्फ आफ्नो नजर पुर्यायो तर हलुवाबेदको बोट उसले भाँचिएको देख्यो । भाँचिएको बोटलाई फर्सीको लहराले ढाकेको थियो, त्यहाँ भित्र हलुवाबेद को बोट ढलेको छ भनेर कसैले पट्ट लौन नसक्ने थियो । झाँग वोरिपरी पहेँला पहेला फर्सीहरु यताउति छरिएका थिए ।

हलुवाबेदको बोट नजिकै फर्सी रोपेकोमा मालीलाई एकातिर पछुतो लाग्यो भने अर्कोतिर पहेँला फर्सीको थुप्रो देखेर खुशी पनि लाग्यो ।



साभार - मेचीकाली डट कम 
Happy Bloging !! :)
Back To HOME

Read More Short Story  Nepali Story  
Please like our facebook page and keep Visiting Our Blog .

Effect from 10-21

म त नराम्रो संग थकें हौ 15 - 15  दिन मा loadseding तालीका परिबर्तन भै रहेको छ  कहिले औपचारिक भन्छ कहिले अनौपचारिक भन्छ कैले 14 घण्टा त कैले 12 के हो के कैले भन्न पाउला कि मेरो घर मा सधै बत्ति हुन्छ र उज्यालो मा बस्न पाइन्छ भनेर। उफ्फ़ ........
लौ हेर्नुस यहि आज माघ 21 देखि 12 घण्टा मात्रै हुनेरे loadseding मा भन्दा हामी भन्छौं  अहो 2-2 घण्टा घटेछ। 
प्रधानमन्त्रि  ज्यु ले 12 घण्टा भन्दा बढी भएमा राजिनामा दिन्छु भनेर भनेको छ अबत बढ्दैन होला भनेर हामी खुसि भईरहेका हौंला हैन त???  तर के यो loadseding नाम कहिले लिन नपरोस भनेर दबाब दिन सकेका छौं? 


जय हो Nepal Electricity Authority .




Happy Bloging !! :)
Back To HOME
Please like our facebook page and keep Visiting Our Blog .