वरिपरि फर्सीका लहरामा सुनको श्रीफूल र ढुंग्री जस्ता पहेँला फूलहरु फुलेको देखेर हलुवाबेदको बोटलाई लोभ लाग्यो । उसले फर्सीको लहरालाई निम्त्यायो । हलुवाबेद जस्ताको सुन्दर सहारा पाएकोमा फर्सी पनि मख्ख परी ।
फर्सी विस्तारै हलुवाबेदसँग टास्सीदै टुप्पामा पुगी । उसले हलुवाबेदको बोटलाई पातै नदेखिने गरी छपक्क छोपी र श्रीफूल एवं ढुंग्रीजस्ता पहेंला फुलहरुले सिंगारी ।
केही दिनपछि फूलहरु झरे । फर्सीका साना साना फल फल्न थाले । हलुवाबेद र फर्सी दुबै प्रशन्न भए । ती चिचिला फर्सी हलुवाबेद जत्रा नभएसम्म दुबै खुशी नै थिए, तर ती साना साना फर्सी ठूला हुन थालेपछि भने तिनलाई धान्न हलुवाबेदको बोटलाई गाह्रो भयो । उसले फर्सी लाई भन्यो, प्रिये, तिम्रा सन्तानको बोझले म कुप्रो परिसकेँ, अब भाँचिन मात्रै बाँकी छ, बिहानीको घाम जस्तो रातो गरी पाक्ने मेरा प्यारा सन्तानहरु फल्नै नपाई झरे । तिमी सतम्रा सन्तानहरुलाई लिएर भुइँमा र्झन सक्तिनौ
फर्सीले आफ्नो विवशता प्रकट गर्दै भनी, " प्रिय, यी मेरा मात्रै हैनन् हाम्रा सन्तान हुन् । मैले तिम्रो जिउभरि जुन त्यान्द्राहरुले बेरेकी छु ती हाम्रो ममताको बन्धनका पवित्र औंठीहरु हुन् । मानवको जस्तो स्वार्थको छिनोले छिनिने नेलहरु हैनन् ती । तिमीले वा मैले चाहेर ती बन्धनहरु तोड्न सकिंदैनन् । हामी प्रकृतिको नियमका बन्दी हौं र आसन्न नियति भोग्न वाध्य छौं ।"
हलुवाबेदले लामो निश्वास छोड्यो र ऊ मौन भयो ।
एकदिन साँझ हुरी चल्यो । हलुवाबेदले फर्सीलाई सकेसम्म जोडले अँठ्याएर आफूसँगै राख्न खोज्यो तर सकेन ।
भोलिपल्ट बिहानै मालीले बगैचा तर्फ आफ्नो नजर पुर्यायो तर हलुवाबेदको बोट उसले भाँचिएको देख्यो । भाँचिएको बोटलाई फर्सीको लहराले ढाकेको थियो, त्यहाँ भित्र हलुवाबेद को बोट ढलेको छ भनेर कसैले पट्ट लौन नसक्ने थियो । झाँग वोरिपरी पहेँला पहेला फर्सीहरु यताउति छरिएका थिए ।
हलुवाबेदको बोट नजिकै फर्सी रोपेकोमा मालीलाई एकातिर पछुतो लाग्यो भने अर्कोतिर पहेँला फर्सीको थुप्रो देखेर खुशी पनि लाग्यो ।
Back To HOME

साभार - मेचीकाली डट कम
Happy Bloging !! :)
Read More Short Story Nepali Story
Please like our facebook page and keep Visiting Our Blog .