∙ गीता थापा
त्यही कुरा सुनी सुनी उसले स्कूल सकायो । क्याम्पस सकायो । खायो जागिर । गर्यो विवाह । र भयो दुई सन्तानको बाउपनि । देशमा क्रान्ति भयो । राजा फालियो । गणतन्त्र आयो । कैयौं हिउँद बर्षा आए । गए । कैयौं शिशिर, बसन्त, फेरिए । तर उसका आफन्तहरूको ओंठमा झुन्डिएका ती शब्द कहिल्यै फेरिएनन् । बरु ती शब्दले अझैं तिब्र रुप लिए । उसले कान पाक्ने गरि सुन्ने गरेको तिनै शब्द उसका दूधे छोराहरूतिर सर्यो ।
एक दिन असल गुणी मानेर गाउँ छिमेकले प्रशंसा गरिरहने उसका काका आफ्नै घरमा घाँटी रेटेर मारिए ।
त्यो दिन उसले सोच्यो “आखिर सत्यको गला रेटिन्छ भन्ने कुराको ज्ञान हुँदाहुँदै किन बाउआमा आफ्ना सन्तानलाई समय अनुसार चल्न सक्नुनै बुद्दिमान हो, भन्नुको साटो इमान्दर असल सत्यवादी हुनुपर्छ भनेर अर्ती उपदेश दिएर थाक्दैनन् ? ”
तर उसले ती शब्दहरूको सही निष्कर्ष फेला पार्न सकेन । अन्तिममा केहीसीप नलागेपछि ती शब्दलाई आफ्नै मनमा चिहान खनेर अन्त्येष्टी गर्यो उसले । खोक्रो आदर्शको कुनै मूल्य हुन्न भन्ने महसुस गर्यो । कसैसँग ती कुरा उठाएन । चुप लाग्नुनै भलो ठानेर मौन रह्यो ऊ ।
एक दिन मस्त जवानीको खुड्किला उक्लिँदै गरेको उसको छोरो अरुणले हजुरआमा र हजुरबुवाले दिने अर्ती उपदेशको बिषयमा तर्क पेश गर्यो “बाबा तपाईका काका जाति र असल मान्छे हुनुहुन्थ्यो । तर पनि उहाँको मृत्यु गला रेटेर गरियो । फेरि किन हजुरबुवा हजुरमुवा मलाई तँ असल, इमान्दार बन्नुपर्छ भनेर सुँगालाई झैं साँझ बिहान रटाइरहनु हुन्छ ? यस्तो ब्यर्थको आडम्बर मलाई मनपर्दैन । तपाईले उहाँहरूलाई सम्झाइदिनुस् बाबा । मत डन बन्ने हो । किनकी म बोका बाख्रा जस्तै अरुको हातबाट हलाल भएर मर्न चाहन्न ।” छोराले बाउ सामु बिना हिच्किचाहट फाटफट आफ्नो निर्णय सुनायो ।
छोराको कुरा सुनेर नरेश वाल्ल पर्यो । छोरालाई यो ठीक त्यो बेठिक भनेर सम्झाउने शब्द उसको दिमागमा फुरेन।
छोरो उठेर आफ्नो कोठातिर लाग्यो।
ऊ भने एकोहोरो धुलिया लागेका पुराना काठका दलिन नियाली रह्यो।
Source - Nepal Pluse
Happy Bloging !! :)
Read more Nepali short story Short Story
Please like our facebook page and keep Visiting Our Blog .